कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनका बेला लागूपदार्थ कारोबारी सक्रिय

विराटनगर — लकडाउनका बेला पनि लागूऔषध ओसारपसारमा संलग्नहरु सक्रिय रहेको पाइएको छ । विभिन्न नामका लागूऔषध र लागूपदार्थ ओसार्नेहरु पक्राउ परिरहेकोबाट यो पुष्टि भएको छ । झापा, उदयपुरलगायत जिल्लामा यस्ता कारोबारी पक्राउ परेका हुन् ।

लकडाउनका बेला लागूपदार्थ कारोबारी सक्रिय

इलामको माइ नगरपालिका २ का ४३ वर्षीय कमल श्रेष्ठ र सूर्योदय नगरपालिका २ का २८ वर्षीय सन्दिप राई ब्राउनसुगर नामको लागूपदार्थसहित पक्राउ परेका छन् ।


झापाको मेचीनगर नगरपालिका १० मा मे ११ प २५८५ नम्बर मोटरसाइकलमा सवार उनीहरुलाई नियन्त्रणमा लिएर जाँच गर्दा ९ ग्राम ब्राउन सुगर बरामद भएको पूहरीले जनाएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर कानुनी कारबाही अघि बढाइएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।


यसैगरी उदयपुरको त्रियुगा नगरपालिका ३ मोतीगडाबाट नियन्त्रित लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले ३० वर्षीय रत्नमणि भनिने रोहित चौधरी र ३४ वर्षीय बिसन राई पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ३०, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?