कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकास बजेट कटौती गरी राहत वितरण

अर्जुन राजवंशी

बिर्तामोड — लकडाउनका कारण खाद्यन्न संकट देखिएका विपन्न परिवारलाई कनकाई नगरपालिका वडा नं. ९ ले सहयोग गरेको छ । वडाको विकास बजेटको रकमबाट विपन्न १३१ परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको वडाध्यक्ष प्रेमप्रसाद राजवंशीले जानकारी दिए । 

विकास बजेट कटौती गरी राहत वितरण

विपन्न परिवारलाई बुधबार र बिहीबार दुई दिनमा गरी उक्त राहत वितरण गरिएको हो । परिवार संख्याका आधारमा प्रतिव्यक्ति ५ केजीका दरले चामल, दाल, तेल र नुन वितरण गरेको वडाध्यक्ष राजवंशीले बताए । वडाको १० वटा टोल विकास समितिमार्फत अतिविपन्न परिवारको छनोट गरी राहत वितरण गरेको उनले बताए । ‘लकडाउनका कारण खान समस्या भएका अतिविपन्न परिवारको पहिचान गरेर राहत बाडेका हौं,’ उनले भने,‘छनोटमा परेका परिवारलाई घरघरमै कुपन दिएका थियौं ।


उनीहरु पालैपालो हामीले तोकिदिएको पसलबाट राहत सामग्री लिएर गएका छन् ।’

विशेष परिस्थितिमा वडाको विशेष बैठक बसी राहत बाड्ने निर्णय गरेको उनको भनाई छ । ‘हामीसंग राहत बाड्ने छुट्टै पैंसा थिएन । विकास निर्माणका लागि छुट्याएको बजेट कटौती गरेर राहत बाड्ने निर्णय गरेका हौं,’ उनले भने ।


प्रकाशित : चैत्र २०, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?