कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटा अस्पतालमा एक जना आइसोलेसनमा

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा जिल्ला अस्पतालमा सोमबार एक बिरामीलाई आइसोलोसनमा राखिएको छ । दुई साता पहिले पोर्चुगलबाट फर्किएर आएका धनकुटा–८ का ती युवामा उच्च ज्वरो र रुघाखोकी लगायतका लक्षण देखिएपछि आइसोलेसनमा राखिएको हो । 


चिकित्सकको निगरानीमा प्रारम्भीक उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले जानकारी दिए । बिरामीको जाँचका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिपोर्ट पठाउन लागिएको उनले बताए ।


यसैबीच, बिरामी युवाका परिवारलाई समेत निगरानीमा राखिने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले बताए ।


बिरामीका परिवारका अन्य सदस्य समेत अस्वस्थ्य रहेको श्रेष्ठको भनाइ छ । जिल्लामा तयार गरिएको क्वारेन्टाइनमा भने हालसम्म कुनै बिरामी राखिएको छैन ।

प्रकाशित : चैत्र १७, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?