कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सभामुख, उपसभामुख र सांसदहरुद्वारा कोरोना कोषमा तलब सहयोग

देवनारायण साह

(मोरङ) — प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड १९) विशेष कोषमा एक महिनाको तलब सुविधा बुधबार प्रदान गरेका छन् । दुबै जनाले एक महिनाको सम्पूर्ण सेवा सुविधा १ लाख २१ हजार ५ सय ६० रुपैयाँ कोषमा दाखिला गरेको प्रदेश १ सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए । 

सभामुख, उपसभामुख र सांसदहरुद्वारा कोरोना कोषमा तलब सहयोग

यस्तै, सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका प्रदेश सांसदहरुले आधा महिनाको तलब उक्त कोषमा प्रदान गर्ने निर्णय गरेको पराजुलीले बताए । सत्तारुढ दलका ६७ र कांग्रेसका २१ जना सांसदले आधा महिनाको तलब कोषमा दिने निर्णय गरेको हो ।


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो । कोषमा सरकारले ५० करोड सुरु पुँजी राख्ने बताएको थियो । कोषमा रकम जम्ममा गर्न सरकारी तथा गैरसरकारी व्यक्ति, संघसंस्थासँग सहयोग आह्वान गरिएको छ ।

प्रकाशित : चैत्र १२, २०७६ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?