कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ताप्लेजुङ र पाँचथरमा आइसोलेसन सेन्टर निर्माण

ताप्लेजुङ अस्पतालमा ओपिडि सेवा बन्द
आनन्द गौतम

ताप्लेजुङ — जिल्ला अस्पताल ताप्लेजुङले ओपिडी सेवा बन्द गरेको छ । मंगलबार ओपिडी सेवा बन्द भएको सूचना अस्पताल परिसरको प्रवेशद्वारमा टाँसिएको छ । कसैको हस्ताक्षर नभएको सूचनामा ओपिडी सेवा बन्द भएको जनाइएको छ ।

ताप्लेजुङ र पाँचथरमा आइसोलेसन सेन्टर निर्माण

जिल्ला अस्पतालका डाक्टर सोनिम लामाले केही सेवाहरु बन्द भएको बवताए । ‘रुटिन ओपिडी, खोप, सामान्य ड्रेसिङ लगायतका सेवाहरु बन्द गरेका छौं,’ उनले थपे, ‘कोरोना संक्रमणलाई ध्यान दिएर अस्पताल अगाडि हेल्थ डेस्क स्थापना गरेका छौं ।’ लामाका अनुसार त्यहा गरिने परीक्षणका आधारमा ज्वरो, रुघा, खोकी देखिएकालाई छुट्टै र इमर्जेन्सीकालाई छुट्टै राखेर गरिन्छ । अस्पतालमा भर्ना हुनुपर्नेलाई भर्ना गरेरै उपचार गरिने उनको दाबी छ । मंगलबार दिउँसो ओपिडी सेवा बन्द भएको सूचना देखेका कतिपय बिरामी प्रवेशद्वारबाटै फर्किएका थिए ।


अस्पतालले अनकल डाक्टरलाई फोन गर्नपनि भनेको छ । फेसबुक पेजमा अनकल डाक्टरको ९८४०९९३११४ नम्बर राखिएको छ । यो नम्बर ड्युटिमा रहेका व्यक्तिले जतिबेलापनि उठाउने र परामर्श गर्न सकिने लामाले बताए ।

ताप्लेजुङ उद्योग वाणिज्य संघको भवनमा निर्माण गरिएको आइसोलेसन सेण्टर । यहाँ २० शय्याको आइसोलेसन निर्माण गरिएको छ । तस्बिर : आनन्द गौतम / कान्तिपुर

यता, उद्योग वाणिज्य संघको भवनमा २० शय्याको आइसोलेसन सेन्टर निर्माण गरिएको छ । जिल्ला स्तरिय कोरोना भाइरस समन्वय समितिको निर्णय अनुसार शय्या निर्माण गरिएको हो । यसको संयोजक जिल्ला समन्वय समिति प्रमुख छन् । यसले नपुगे र कसैलाई क्वारेन्टाइनमा राख्नुपरे नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र पाथिभरा क्षेत्र विकास समितिको भवनमा थप निर्माण गर्ने निर्णय गरिएको छ । रेडक्रसको सदरमुकाम फुङलिङ र समितिको भवन सुकेटारमा रहेको छ । सेन्टर निर्माणमा नेपाली सेना समेत खटिएका छन् । उता पाँचथरको फिदिम नगरपालिकालाई केन्द्रित गरेर एक सय बेडको क्वारेन्टाइन बनाउन सुरु गरिएको छ । जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विमलप्रसाद सापकोटाका अनुसार फिदिम बजारलाई केन्द्रित गरि निर्माण सुरु गरिएको हो ।


फिदिमको अगुवा स्रोत केन्द्र भवन, फिदिम माविको एउटा ब्लक र खेलकुद विकास समितिको हलमा बनाइने छ । ‘कोरोना भाईरस फैलन नदिन जिल्लामा उच्च सतर्कता अपनाएका छौं, सापकोटाले भने, ‘नेपाली सेनाको सहयोगमा क्वारेन्टाइन बनाउँदै छौं ।’ यसअघि समर्पित अस्पतालमा १६ ओटा क्वारेन्टाइन निर्माण गरिएको छ भने पाँच ओटा आइसोलेसन कक्ष पनि निर्माण गरिएको छ । पाँचथरका सात ओटा गाउँपालिकामा २५ का दरले क्वारेन्टाइन निर्माण गर्नेपनि निर्णय भएको छ ।

तयारी स्वरुप तीन जना चिकित्सकको नेतृत्वमा मेडिकल टिमपनि निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताए । चिकित्सकहरु बुद्धिबहादुर थापा, पुष्कर निरौला र पीके सिंहको नेतृत्वमा मेडिकल टिम तयार गरिएको हो । ठाउँ ठाउँमा हेल्प डेस्कपनि स्थापना गरिएको शर्माले बताए ।

प्रकाशित : चैत्र ११, २०७६ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?