कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्‍वारेन्टाइन निर्माणमा विद्यालय व्यवस्थापन समिति अध्यक्षको अवरोध

खोटाङ — कोभिड १९ का सम्भावित बिरामीलाई लक्षित क्‍वारेन्टाइन निर्माणमा अवरोध भएको छ । 

क्‍वारेन्टाइन निर्माणमा विद्यालय व्यवस्थापन समिति अध्यक्षको अवरोध

दिक्तेल बजारस्थित माउण्ट एभरेस्ट बोर्डिङ स्कुलमा निर्माण गर्न लागिएको ३६ शय्‍याको क्‍वारेन्टाइन निर्माणमा अवरोध पुर्‍याइएको हो । उक्त बोर्डिङ व्यवस्थापन समिति अध्यक्ष नरेशकुमार श्रेष्ठले क्‍वारेन्टाइन राख्न नसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।


कांग्रेस खोटाङका सभापति रहेका श्रेष्ठले भने बजारको बीचमा बिरामीलाई राख्न नमिल्ने भएकाले नदिइएको बताए । बोर्डिङमा राख्न नदिएपछि माटिकोरेस्थित कभर्ड हलमा क्‍वारेन्टाइन बनाउन लागिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । ‘हामीले छनोट गरेको ठाउँ (माउण्ट एभरेस्ट)मा राख्न दिएन’ रिजालले भने–‘सुरुमा आफ्नै भवनबाट सुरु गर्छौं । त्यसपछि अपुग भए बोर्डिङमै पनि राख्छौं ।’


प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलका अनुसार बोर्डिङमा क्‍वारेन्टाइन राख्नेबारे सोमबार निर्णय भएको थियो । बोर्डिङका प्रिन्सिपल सागर जोशीले बोर्डिङमै राख्न आग्रह गरेपछि निर्णय गरिएको नगरप्रमुख रिजालले सुनाए ।

प्रकाशित : चैत्र ११, २०७६ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?