कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा १ को मृत्यु, २ जना घाइते

ओखलढुंगा — यहाँको मानेभन्ज्याङ गाउँपालिका ५ जेरुङ गाउँमा मंगलबार ११ बजेतिर ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् ।

बा ६३ प ९३५५ नम्बरको मोटरसाइकल र ना ६ त ७३६० नम्बरको ट्र्याक्टर एकआपसमा ठोकिएका थिए । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मानेभन्ज्याङ ५ उदैपुर गाउँकी २५ वर्षीया पवित्रा राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा सख्त घाइते भएकी पवित्रालाई उपचारका लागि सामुदायिक अस्पताल मिसन ल्याइएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको हो ।


मोटरसाइकलमा ३ जना सवार थिए । सवारमध्येका चालक २४ वर्षीय सुजन राई र १९ वर्षीय सनम राई सामान्य घाइते छन् । उनीहरुको सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


मानेभन्ज्याङ प्रहरी चौकीको प्रहरी सहायक निरीक्षक संजिव राईको टोलीले ट्र्याक्टर र मोटरसाइकल दुवै नियन्त्रणमा लिएको छ ।


प्रकाशित : चैत्र ११, २०७६ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?