कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय प्रशासनद्वारा धनकुटामा निषेधाज्ञा जारी

रमेशचन्द्र अधिकारी

(धनकुटा) — जिल्लामा स्थानीय प्रशासनले मंगलबार निषेधाज्ञा आदेश जारी गरेको छ । 

स्थानीय प्रशासनद्वारा धनकुटामा निषेधाज्ञा जारी

सरकारले नोभेल कोरोना भाइरस (कोभिड–१९) का कारण घरबाहिर निस्कन नपाइने आदेश जारी गरे पनि सर्वसाधारणले त्यसको उल्लंघन गर्न सक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश गरेको हो । संक्रमण रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम प्राप्त प्रमुख जिल्ला अधिकारीको अधिकार प्रयोग गरेर मंगलबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू गरिएको विज्ञप्तिमा उल्लेख छ ।


समग्र मुलुक लकडाउन गरिएको अवस्थामा सर्वसाधारणले उल्लंघन गर्न सक्ने ठानेर आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । स्थानीय प्रशासन ऐन दफा ६ को उपदफा ३ मा निषेधाज्ञाको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रहरीले गिरफ्तार गर्नेछ र गिरफ्तार गरिएकालाई एक महिनासम्म कैद र एक हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने उल्लेख छ ।


धनकुटा सुनसान

यसैबीच, कोभिड १९ रोकथामका लागि घरबाहिर ननिस्कन भनिएसँगै धनकुटा सुनसान बनेको छ । धनकुटाको चहलपहल हुने मुख्य क्षेत्र चुवाबोट, मदन चोक, भीमसेनथान, भीमनारायण चोक लगायत विभिन्न बजार सुनसान छ ।

प्रकाशित : चैत्र ११, २०७६ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?