कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुद्राक्षबाट झोला, टोपी अनि कलश

प्रदीप मेन्याङ्बो

सुनसरी — बोटमा फलेका सबै रुद्राक्ष दाना महंगोमा बिक्दैनन् । महंगोमा बिक्ने रुद्राक्ष दाना एक बोटमा मुस्किलले एउटा हुन सक्छ । बाँकी दानामध्ये कतिपय खेर जान्छन् भने कतिपय किलोको भाउमा बिक्छन् ।किलोको भाउमा बिक्ने रुद्राक्ष दानाबाट माला बनाइन्छ । ती माला हिन्दु धर्मावलम्बी र बौद्ध साधु, सन्त र सर्वसाधाणले प्रयोग गर्दै आएका छन् ।

रुद्राक्षबाट झोला, टोपी अनि कलश

रुद्राक्ष दानालाई मालाका रुपमा मात्र होइन आकर्षक ब्रासलेट, झोला, टोपी, कलश, बेडकभर, गाडीको सिट कभर, फुलदानी, शिवलिङ्ग बनाएर आम्दानी लिन थालिएको छ । धरानका महिलाले यसका लागि १५ दिने तालिम सुरु गरेका छन् । तालिमको व्यबस्था सुनसरी उद्योग बाणिज्य संघ र धरान उपमहानगरले गरेका हुन् ।


रुद्राक्ष दानाबाट बनेको माला पछिल्लो समयमा विभिन्न कार्यक्रममा सहभागी अतिथिलाई सम्मान गर्न प्रदान गरिने चलन बसेको छ ।मालामात्र नबनाएर सजावटको सामान र उपयोगी सामग्रीको रुपमा तयार गर्न तालिम सुरु गरिएको संयोजक बासुदेव बरालले बताए । पूर्वका विभिन्न जिल्लामा रुद्राक्ष खेती हुने गरेको छ । ती जिल्लामा उत्पादित दानाको मुख्य कारोवार धरानबाटै हुन्छ । चीन र भारतमा रुद्राक्ष निर्यात हुने गरेको छ ।


रुद्राक्षको दानाको उपयोग सम्बन्धी फेशवुकमा खोज्दै जादा टिकाराम राईले रुद्राक्षकै विभिन्न सामग्री बनाएको देखेपछि अर्का पर्यटन व्याबसायी एलिना मगरले उनैलाई बोलाएर तालिम दिन सुरु गरिएको बताइन् । रुद्राक्षको दानाबाट माला भन्दा पनि विभिन्न सृजनात्मक सामग्री बनाएर टीकारामले बेच्दै आएका छन् ।


प्रशिक्षक टिकाराम राईका अनुसार विभिन्न संख्यामा मुख भएका कतिपय महंगा रुद्राक्ष दाना लाखौंमा बिक्री भए पनि सामान्य दाना खेर जाने भएकाले त्यसलाई सदुपयोग गर्न सकिन्छ । उनले भने, ‘बिक्री हुने भनेको अति थोरै दानामात्र हुन्छ । बाँकी दाना खेर जान्छ । आफ्नै बारीमा उत्पादित रुद्राक्ष दाना खेर जानुभन्दा सीप सिकेर फरक तरिकाको विभिन्न सामग्री बनाएर बेच्न सकिन्छ ।’


उनले कागज, प्लाष्टिक, काठ, बाँस, पोतेमाला, ब्युटिपार्लर तालिमजस्तै रुद्राक्ष दानाबाट पनि अनेक सजावटका सामग्रीदेखि घरमा प्रयोग गर्न सकिने सामान बनाउन सकिने बताए । रुद्राक्ष दानाबाट बनेको सामग्री बजारमा त्यति नदेखिएको र मार्केटिङ पनि हालसम्म नभएकाले तालिम नै नयाँ र पहिलो भएको उनले बताए ।

प्रकाशित : चैत्र ७, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?