प्रदीप मेन्याङ्बो

प्रदीप मेन्याङ्बोका लेखहरु :

प्रहरी चौकी आक्रमणमा संलग्न दुई जनाले गरे आत्मसमर्पण

धरान उपमहानगर–१५ बाझगरास्थित प्रहरी चौकीमा आक्रमण गरी फरार भएका दुई जनाले मंगलबार धनकुटा जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । जेठ १३ गते चौकीमा आक्रमण गरी प्रहरीलाई घाइते बनाएका उनीहरू ११ दिनसम्म धनकुटाको शुक्रबारेस्थित जंगलमा लुकेर बसेका थिए । 

कुर्सी र पदको भागबन्डा नमिल्दा किचलो : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तत्कालीन नेकपाभित्रका शीर्षस्थ नेताहरुबीच कुर्सी र पदको भागबण्डा नमिल्दा किचलो भएको बताएका छन् । 

मन्त्रिपरिषद् निर्णयको ३१ महिनापछि बोर्डमा गाभियो संस्थान

मन्त्रिपरिषद्ले निर्णय गरेको ३१ महिनापछि नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति र जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको छ । संस्थानको केन्द्रीय कार्यालयले दुईपटक पत्र लेखेपछि बोर्डले औपचारिक रूपमा तीन दिनअघि जिम्मा लिएको हो ।

हात्ती आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु

सुनसरीस्थित कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट सोमबार बिहान कोसी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।

धरानको कृषि बजारमा चिस्यान केन्द्र संचालनमा 

धरानस्थित कृषि उपज बजारमा शुक्रबारदेखि शित भण्डार (चिस्यान केन्द्र) संचालनमा आएको छ । कोसी करिडोरका पूर्वी पहाडी र तराईका जिल्लामा उत्पादित फलफूल, तरकारीको सबैभन्दा ठूलो थोक विक्रेता केन्द्र भएर पनि यसअघि शित भण्डारको व्यवस्था थिएन ।

सुनसरीमा एकैदिन ४१ जना संक्रमित 

सुनसरीमा बिहीबार ४८ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार साँझसम्म जिल्लामा संक्रमितको संख्या १ हजार ३ सय ६७ पुगेको इनरुवास्थित स्वास्थ्य कार्यालयका कोभिड १९ फोकल पर्सन तथा पव्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिइन् ।

धरानमा ६१ सैनिक कोरोना संक्रमित

धरान १३ फुश्रेस्थित सैनिक आवासीय महाविद्यालयमा नेपाली सेनाका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङको आधारमा ६१ नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । शनिबार संक्रमण पुष्टि हुनेमा दुई वर्षीया बालिका र धरानस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरी समेत छन् । 

बीपी प्रतिष्ठानमा कोरोनाबाट मोरङकी ६७ वर्षीया महिलाको मृत्यु

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक महिलाको मंगलबार राति मृत्यु भएको छ ।

धरानमा १० वर्षीय बालकलाई कोरोना

धरानमा शुक्रबार १० वर्षीय बालकमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ तीव्र पारिएको छ । ती बालकसँगै उनकी आमा र हजुरआमालाई ज्वरो आएपछि बुधबार स्वाब संकलन गरिएको थियो ।