कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोजपुरमा जिप दुर्घटना, ७ जना घाइते

एलिसा श्रेष्ठ

भोजपुर — पौवादुङमा गाउँपालिका–४ मानेडाँडाबाट धरान जाने क्रममा तिवारीभञ्याङमा जिप दुर्घटना भएको छ । सोमबार बिहान को १ ज ३४९१  को जिप दुर्घटना हुँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कर्यालय भोजपुरले जनाएको छ ।   

भोजपुरमा जिप दुर्घटना, ७ जना घाइते

घाइते हुनेमा स्थानीय सोमिया राई, तारा राई, शर्मिला राई, देवकी राई, इन्द्रकुमारी राई र खोटाङ जाल्पाका पूर्ण राई साथै इलाम नगरपालिका–१० गोदक घर भएका चालक सुवास नेपाली रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । घाइते सातै जनालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।


विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा जिप घुम्तीबाट करिब १ सय मिटर तल झरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : फाल्गुन २६, २०७६ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?