२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

जेठाजुद्वारा बुहारीको हत्या

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक गााउँपालिका २ थेचम्वू खाल्टेमा शुक्रबार जेठाजुले आफ्नै बुहारीको हत्या गरेका छन् । प्रहरीका अनुसार घरायसी झगडाका कारण ३५ वर्षीया पूर्णकुमार लिम्बूले बुहारी सुकमायालाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन । 

हतियार प्रहारपछि उच्च रत्तश्रावका कारण उनको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्याका अभियुक्त पूर्णकुमारलाई पक्रिएर प्रहरीको जिम्मा लगाएको स्थानीयले बताएका छन् ।

थेचम्बु प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित : माघ २४, २०७६ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?