कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्‍न माग

मोरङ — लिम्बुवान संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्‍न माग गरेको छ । प्रदेश १ को हिँउदे अधिवेशन माघ २३ गतेबाट सुरु गर्न सरकारले प्रदेश प्रमुखलाई सिफारिस गरेपछि समितिले यस्तो माग गरेको छ । 

प्रदेशको भौगोगिक अवस्था, सामाजिक, सांस्कृतिक, पहिचानको आधारमा लिम्बुवान स्वायत्त प्रदेश प्राप्तीको लागि उठेका राजनीतिक आन्दोलनहरु, विगतमा नेपाल सरकारसँग पटकपटक भएका सहमतिहरु र सात सालको क्रान्ति, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन, लिम्बुवान आन्दोलनले स्थापित गरेका मुद्दाहरुलाई मध्यनगर गर्दै ‘लिम्बुवान, किरात’ नाम हुनुपर्ने समितिको जिकिर छ ।


प्रदेशहरुको नामकरण गण्डकी, वागमति गरिएकोबाट समिति सश‌ंकित भइ पहिचानको आधारमा प्रदेश १ को माग गरेको समितिद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । संघर्ष समितिका १० घटक संगठनहरुले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।


हिउँदे अधिवेशनबाट प्रदेश १ को नामकरण टुंगो लगाउने मुख्यमन्त्री शेरधन राईले उद्घोष गरेका छन् ।

प्रकाशित : माघ १६, २०७६ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?