कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ सभाको हिउँदे अधिवेशन माघ २३ गतेदेखि

देवनारायण साह

मोरङ — प्रदेश १ मन्त्रीपरिषदको आइतबार बसेको बैठकले प्रदेशसभाको पाँचौं तथा चालु आर्थिक वर्षको हिउँदे अधिवेशन माघ २३ गते दिउँसो ३ बजेबाट सुरु गर्न प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय भएको छ ।

प्रदेश १ सभाको हिउँदे अधिवेशन माघ २३ गतेदेखि

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले मन्त्रीपरिषद बैठकले मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा डा. महेन्द्रबहादुर गुरुङ, जनसम्पर्क सल्लाहाकारमा रामकुमार बस्नेत र सूचना प्रविधि सल्लाहकारमा किशोर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको बताए । ‘प्रदेश लगानी बोर्डको कार्यकारी निर्देशकमा डा. सरोज कोइरालालाई नियुक्त गर्ने निर्णय भएको छ,’ उनले भने, ‘प्रादेशिक औद्योगिक व्यवसायसम्बन्धी विधेयक २०७६, प्रदेश वन विधेयक २०७६, प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६, प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश बालबालिका अधिकार सम्बन्धमा व्यवस्था गर्न विधेयक २०७६ प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।’


बैठकले सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रण युक्त प्रदेश बनाउने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलगायत सातै वटा मन्त्रालयको एक सय मिटर वरिपरि लगायत प्रदेशभरी नियमन, नियन्त्रण तथा निषेध गर्नेलगायत २४ वटा निर्णय भएको आङबोले बताए । सामाजिक विकास मन्त्रालयले सोमबार बिहान ११ बजेदेखि सुर्तिजन्य पदार्थ नियमन अभियान सुरु गर्ने उनले सुनाए ।

प्रकाशित : माघ १३, २०७६ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?