कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यलम्वर संवतलाई राष्ट्रिय मान्यता दिन माग

सुनसरी — किरात अभियन्ता तथा राजनीतिकर्मीहरूले यलम्वर संवतलाई राष्ट्रिय मान्यता दिन माग गरेका छन् ।

किरात राई सुम्निमा संघ, उपमहानगर कार्यसमिति, इटहरीद्वारा सुनसरीको इटहरीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रथम किराती राजा यलम्वरले स्थापना गरेको संवतलाई राष्ट्रिय मान्यता दिन माग राखेका हुन् ।

यलम्वर संवतलाई राष्ट्रिय मान्यता दिन माग

किरात राई सुम्निमा संघ, उपमहानगर कार्यसमिति, इटहरीका अध्यक्ष एवम् पत्रकार वन्दना राईले नेपालमा करिब १ हजार ७ शासन गरेका किरात राजाहरूले प्रचलनमा ल्याएको यलम्वर संवतलाई अस्तित्वमा ल्याउन सरकारलाई झकझक्याउनु पर्ने बताइन् । उनले किरात संवतलाई श्रुतिकालीन इतिहासबाट तथ्यगत इतिहासमा परिणत गराउनेतर्फ कार्यक्रमले बहस सिर्जना गर्ने विश्वास व्यक्त गरिन् ।


कार्यक्रमका प्रमुख अतिथि एवम् सुम्निमा संघ केन्द्रीय उपाध्यक्ष कमला राईले किरात सभ्यताको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्ने धारणा राखिन् ।

त्यसैगरी, कांग्रेस इटहरी नगर अध्यक्ष हेमकर्ण पौडेलले ५०८० वर्ष पहिले किरातीहरुले यो मुलुक सञ्चालन गरेको इतिहासलाई भुल्न नसकिने भन्दै प्रदेश १ को नामकरणका लागि सम्पूर्ण समुदायले राजनैतिक पूर्वाग्रहभन्दा माथि उठेर दबाब सिर्जना गर्नु पर्ने बताए ।


उक्त अवसरमा भोजपुरको हतुवागढी-६ होम्ताङकी मुटुरोगी ११ वर्षीय विविना राईलाई १ लाख ३१ हजार ७ सय उपचारार्थ सहयोग रकम प्रदान गरिएको थियो । कार्यक्रममा किरात राई सुम्निमा संघका संस्थापकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


किरात समुदायले हरेक वर्षको माघ १ गतेबाट सूर्यको परिक्रमा लम्बिने तथ्यको आधारमा यलम्वर सम्वत (नयाँ वर्ष) मनाउँदै आएका छन् ।

प्रकाशित : माघ १२, २०७६ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?