६ हजार घूससहित ओभरसियर पक्राउ- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ हजार घूससहित ओभरसियर पक्राउ

एलिसा श्रेष्ठ

भोजपुर — भोजपुर नगरपालिका भूकम्प शाखाका ओभरसियर प्रकाश तिवारी घूससहित पक्राउ परेका छन् । अख्तियारले घूस लिँदै गरेको क्रममा रंगे हात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले तिवारीलाई प्रधान होटल एन्ड लज डाँडागाँउ भोजपुरबाट पक्राउ गरेको हो । उनले भूकम्प पिडितले पाउने अनुदान बापतको घर निर्माण पश्चात सिफारिस गर्ने क्रममा ६ हजार घूस लिएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।


पक्राउ परेका तिवारीलाई नियन्त्रणमा लिई इटहरी लगिएको र थप अनुसन्धानका लागि काठमाडौं पठाइने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।

प्रकाशित : माघ १०, २०७६ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्

मनाङेविरुद्ध उजुरी दिने गुरुङ पक्राउ

लालप्रसाद शर्मा, दीपक परियार

पाेखरा — कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् । केही ठगी र बैंकिङ कसुर मुद्दामा उनलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । ‘मिलन गुरुङविरुद्ध बैंकिङ कसुर र ३ वटा ठगी मुद्दामा उजुरी परेकाले पक्राउ गरिएको हो कास्की प्रहरीका प्रवक्ता डीएसपी राजकुमार केसीले बताए । जाहेरीवालाको नाम भने खुलाउन नमिल्ने उनले बताए । 

बक्यौता रकम तिर्नुको सट्टा मिलन गुरुङले आइतबार पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालकलाई हातपात गरेका थए । मिलन पटकपटक झैझगडामा मुछिँदै आएका छन् । प्रतियोगिता गर्ने, रकम बुझाउनुपर्ने ठाउँमा नबुझाउने र पैसा माग्दा गुण्डागर्दी शैली प्रदर्शन गरेर कुटपिटमै उत्रिने उनको स्वभाव रहँदै आएको छ ।

मनकामना पोखरा कप फुटबल प्रतियोगिताको अघिल्ला केही संस्करणका तिनुपर्ने रकम बाँकी रहेको उनीमाथि आरोप छ । क्रियटिभ हाउसका सञ्चालक रामकृष्ण पौडेलका अनुसार संघबाट उनले १० लाख रुपैयाँ पाउनुपर्ने छ । आइतबार केही सामान लिन मिलन क्रियटिभ अवार्ड हाउस पुगेका थिए । सञ्चालक पौडेलले पहिलेको बक्यौता रकम मागेपछि गुरुङ हातपातमै उत्रिएका थिए । पौडेलले पनि आइतबार जिल्ला प्रहरी कार्यालयमा गुरुङविरुद्ध ठाडो उजुरी दिएका थिए ।

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङले मिलनमाथि केही दिनअघि थप्पड हानेका थिए । मनाङेविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा मिलनले जाहेरी दिएपछि दिपक मनाङे पनि बिहीबार पक्राउ परेका थिए ।

प्रकाशित : माघ १०, २०७६ १५:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×