कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

खोटाङ — ट्रयाक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिकाको हलेसीबाट रावाबेसी गाउँपालिका रभुवा जाँदै गरेको ना ५ त ७१५४ नम्बरको ट्याक्टर आइतबार राति साढे एक बजे ऐंसेलुखर्क भन्ने ठाउँमा दुर्घटना हुँदा २८ वर्षीय चालक देवनारायण चौधरीको घटनास्थलमै मृत्यु भएको हो । 

चालक उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका हुन् । दुर्घटनामा रौतहट चन्द्र निगाहपुर घर भएका २० वर्षीय सहचालक राजु साह घाइते भएका छन् । घाइते साहको हलेसीस्थित क्लिनिकमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए ।


प्रकाशित : माघ ६, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?