कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वस्त्र तस्बिर पठाएर 'ब्ल्याकमेल' गरी बलात्कार

मोरङ — विवाहित महिलाको निर्वस्त्र तस्बिर पठाएर बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका-७ का २५ वर्षीय रविन आचार्यलाई इलाका प्रहरी कार्यालय पथरीले अश्लिल फोटो पठाएर महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो । 

निर्वस्त्र तस्बिर पठाएर 'ब्ल्याकमेल' गरी बलात्कार

पथरीका डीएसपी दिलिप गिरीका अनुसार आरोपी आचार्यले सामाजिक सञ्जालमा एक निर्वस्त्र तस्बिरमा पीडित महिलाको टाउको हालेर 'ब्ल्याकमेलिङ' गरेका थिए । उनले भने, 'केटोले सुरुमा महिलाको टाउको जोडेको एक निर्वस्त्र तस्बिर पठायो । त्यसपछि महिलालाई ओरिजिनल निर्वस्त्र तस्बिर पठाउन लगायो । अनि, बार्गेनिङ गरेर ती महिलासँग जबरजस्ती यौन सम्बन्ध राखेको देखिन्छ । '


डीएसपी गिरीका अनुसार आचार्यले सामाजिक सञ्जालमा निर्वस्त्र तस्बिर भाइरल बनाइदिने धम्की दिएर ती महिलासँग शारीरिक सम्बन्ध राखेको बताए ।


आचार्यले पटक पटक शारीरिक सम्बन्ध राख्न दबाब दिएपछि पीडित महिलाले आफ्ना पतिलाई घटनाको विवरण बताएपछि शुक्रबार इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । ‘उजुरी आउने बित्तिकै आचार्यलाई पक्राउ गरेर छानबिन थाल्यौं,’ गिरीले भने, ‘आइतबार जिल्ला अदालत मोरङबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।’

प्रकाशित : माघ ५, २०७६ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?