१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

अक्सिजन प्लान्ट सञ्चालनमा

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चार दिनअघि बिग्रेको अक्सिजन प्लान्ट मर्मतपछि आंशिक रूपमा बुधबारबाट सञ्चालन हुन थालेको छ । प्लान्टबाट अक्सिजन उत्पादन रोकिएपछि आइतबारयता बिरामीलाई बेहोस बनाएर गरिने सबैखाले जटिल शल्यक्रिया बन्द भएको थियो ।

प्लान्टबाट अक्सिजन आपूर्ति नहुँदा प्रतिष्ठानका सबै अप्रेसन थिएटरमा दुई दिनसम्म कुनै शल्यक्रिया भएनन् । आकस्मिक शल्यक्रिया गर्नुपर्ने कतिपयलाई अन्यत्र रिफर गर्नुर् परेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका मेट्रोन उपेन्द्र यादवले अक्सिजन उत्पादन सुरु भएपछि बिरामीको शल्यक्रिया गर्न थालिएको बताए ।


प्लान्ट मर्मत गर्न आपूर्तिकर्ता काठमाडौंस्थित डाइग्नोकेन प्रालिले ज्वाइन्ट पार्टनर युनिसी इन्डियाबाट इन्जिनियर बोलाएको थियो । प्लान्टले काम थाले पनि स्पेसिफिकेशन र पूर्वसम्झौता अनुसार उत्पादन भने हुन सकेको छैन । ३ करोड २४ लाख रुपैयाँ लागतको उक्त प्लान्टले १६ सय लिटर प्रतिमिनेट शुद्ध अक्सिजन उत्पादन गर्नुपर्नेमा एउटा अक्सिजन जेनेरेटरमा जियोलाइट काम नलाग्ने भएपछि ८ सय लिटर प्रतिमिनेट मात्र उत्पादन गर्दै आएको प्रतिष्ठान स्रोतले जनाएको छ ।


अक्सिन प्लान्ट हेर्न प्रतिष्ठानले इलेक्ट्रोनिक्स इन्जिनियर राहुल मिश्रलाई जिम्मा दिएको छ । मिश्र प्रतिष्ठानको इलेक्ट्रमेट विभागका हुन् । मेडिकल उपकरणमा पर्ने उक्त अक्सिजन प्लान्ट हेर्ने अधिकार नेपाल मेडिकल इन्जिनियरिङ काउन्सिलको आचारसंहिताअनुसार भने मिश्रलाई छैन । इलेक्ट्रोनिक्स उपकरणको जानकार मिश्र मेडिकल उपकरणमा पर्ने अक्सिजन प्लान्टबारे अनभिज्ञ मानिन्छन् । मेडिकल उपकरण हेर्ने बायोमेडिकल इन्जिनियरलाई भने प्रतिष्ठानले अक्सिजन प्लान्ट हेर्ने जिम्मेवारीबाट हटाएको छ ।


प्रकाशित : माघ २, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?