कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायिक समितिबाट न्याय नपाएको गुनासो

विनु तिम्सिना

विराटनगर — विराटनगर महानगरपालिका–५ की पुजा खतिवडा दाहालले न्यायिक समितिले आफ्नो मुद्दाको सुनुवाइ नगरिदिंदा न्याय नपाएको बताएकी छन् । छिमेकीले रोनक अग्रवालले घर र पर्खाल भत्काइदिएर पीडित बनेकी दाहालले न्यायिक समितिले मुद्दाको सुनुवाइ नगरिदिएको गुनासो गरेकी हुन । 

न्यायिक समितिबाट न्याय नपाएको गुनासो

गत साउनमा अग्रवालले घर निर्माणको क्रममा आफ्नो घरको कम्पाउण्ड पर्खाल र त्यससंगै जोडिएको एक पाखे टहरो भत्काइदिएको गुनासो उनले गरिन् ।


अग्रवालले घरको ‘जग’ खन्न डोजर चलाउँदा आफ्नो जस्ताले छाएको तीन कोठाको एकपाखे घर र पर्खाल पूर्णरुपमा भत्किएपनि आफुले क्षतिपुर्ति नपाएको गुनासो दाहालको छ ।


घर र पर्खाल भत्कीएपछि ठेकेदार आलोक झा, टोल संगठनका सचिब दिपक सुवेदीको रोहबरमा अग्रवालले मंसिर १ गतेसम्म क्षतिपूर्तिबापत ४ लाख ५० हजार रुपैयाँ दिने मौखिक सहमति गरेका थिए । तर, अहिलेसम्म क्षतिपूर्ति नपाएको दाहालले बताइन ।


सहमति अनुरुप अग्रवालले क्षतिपूिर्त रकम नदिएपछि मंसिर ८ गते महानगरपालिको न्यायिक समितिमा उजुरी दर्ता गराएको तर, अहिलेसम्म छलफलका लागि खवर नआएको दाहालको गुनासो छ । ‘मंसिर ८ गते निवेदन दिएकी थिए । तर, अहिलेसम्म न्यायिक समितिकी संयोजक महानगरपालिकाकी उपप्रमुख इन्दीरा कार्कीले छलफलमा बोलाउनु भएको छैन,’ उनले भनिन ।

न्यायिक समितिबाट न्याय नपाएपछि वडा प्रहरी कार्यालय विराटनगर क मा पुनः उजुरी दिएको तर, त्यहाँबाट पनि न्याय नपाएको गुनासो उनको छ ।

अहिले उजुरी फिर्ता लिन विभिन्न समुहले दाबाव दिन थालेको दाहालले बताइन । ज्यान मार्ने धम्की आएको भन्दै उनले मंसिर ८ गते जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गरेर निवेदन दिएकी छन् ।


पर्खाल भत्काइदिएका अग्रवालले भने घर निर्माणको क्रममा दाहालको पर्खाल भत्किएको स्वीकारे । आँफुले पर्खाल र भत्किएको एक पाखे घर नयाँ बनाइदिने भन्दाभन्दै उनी मुद्दा प्रक्रियामा गएको अग्रवालले बताए ।


विराटनगर महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिको संयोजक कार्कीले मुद्दाको विषयमा छलफल भइरहेको बताइन् ।

प्रकाशित : पुस १६, २०७६ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?