कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुआब्जा विवादले अरुणको सुरुङमार्ग निर्माण अनिश्चितकालीन बन्द

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाको करिब ३० प्रतिशत काम भइसक्दा पनि मुआब्जा नपाएपछि स्थानीयले शुक्रबारबाट भौतिक निर्माणका काम बन्द गरिदिएका छन् ।

मुआब्जा विवादले अरुणको सुरुङमार्ग निर्माण अनिश्चितकालीन बन्द

विरोधमा उत्रिएका स्थानीयले आयोजनाको दिदिङमा निर्माणाधीन पावरहाउसको सुरुङ मार्गको काम बन्द गरेका हुन् । बिहीबारबाट अनिश्चितकालीन प्रवेश मार्गको सडक बन्दमा उत्रिएका स्थानीयले भौतिक निर्माण पनि रोकेका हुन् ।


छ्याङकुटीबाट पावरहाउसस्थल दिदिङसम्मको मुआब्जा विवाद कायम छ । यो खण्डमा नेपाल सरकारले मुआब्जा निर्धारण गरेर सरकारी मूल्यअनुसार स्थानीयलाई रकम दिनु पर्छ । काम ठप्प पारेसँगै उक्त सडक खण्डमा स्थानीय धर्ना बसेका छन् । जसका कारण छ्याङकुटीबाट पावरहाउसस्थल जाने सडक बन्द गरिएको छ । यस क्षेत्रका २ सय परिवारले मुआब्जा नपाएको पीडितले गुनासो गरे । छ्याङकुटीबाट पावरहाउससम्मको २४ किलोमिटर सडक खण्डमा मुआब्जा नपाएको स्थानीयले बताएका छन् । काम सुरु भएको ३ वर्ष बितिसक्दा पनि मुआब्जा नपाएको उनीहरुको भनाइ छ । पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर अधिग्रहण गरेको स्थानीयले बताए ।


परियोजनाको पावरहाउस पुखुवासम्म जाने सडकको छ्याङकुटी–पुखुवा खण्डमा अधिग्रहण भएको जग्गाको तत्काल मुआब्जा उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ । अरुण प्रवेश मार्ग मुआब्जा पीडितका संयोजक हर्कसिंह राईले ३० प्रतिशत काम भइसक्दा पनि मुआब्जा नदिइनु हास्यास्पद भएको टिप्पणी गरे । उनले भने, '३ वर्ष कुरिसक्यौं अब कुर्दैनौ, त्यही भएर आन्दोलन थालेका हौं ।'


स्थानीयले नेपाल सरकार वा भारतीय सतलज कम्पनी जस्ले मुआब्जा दिए पनि चाँडो व्यवस्थापन गर्न माग गरेका छन् ।

प्रकाशित : पुस ११, २०७६ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?