कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन आन्दोलन सुरु भयो : उपप्रधानमन्त्री यादव

मोरङ — उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने बताएका छन् । 

मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन आन्दोलन सुरु भयो : उपप्रधानमन्त्री यादव

मैथिली एशोसिएशन नेपालको आयोजनामा आइतबारदेखि विराटनगरमा सुरु भएको दुई दिने १७ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको उद्घाटनपछि समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले यस्तो बताएका हुन् ।


‘हामीले आन्दोलनमार्फत मुलुकमा संघीय गणतन्त्र स्थापना गर्न सफल भएको हौँ । अब मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने आन्दोलन सुरु भएको छ,’ यादवले भने, ‘नेपाल र भारतस्थित मिथिला क्षेत्रमा मैथिली भाषामा शिक्षाको व्यवस्था गर्नुपर्छ ।’ मैथिली संस्कारको संरक्षणका लागि मैथिली भाषाको संरक्षण आवश्यक रहेको उनको भनाइ छ । ‘नेपालको दोस्रो ठूलो भाषा मैथिली कमजोर अवस्थामा छ,’ उनले भने, ‘मैथिली भाषा समाप्त भए संसारको प्राचीन मिथिला संस्कार र संस्कृतिसमेत लोप भएर जान्छ त्यसैले यसको संरक्षण आवश्यक छ ।’


सम्मेलनमा तीन दर्जनभन्दा बढी व्यक्तिलाई मिथिला रत्नले सम्मान गरिएकाे थियो । सम्मेलनमा नेपाल, भारत, अमेरिकालगायतका देशबाट २ सय बढी प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित : पुस ६, २०७६ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?