कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा एकको मृत्यु

खोटाङ — सवारी दुर्घटनामा परी खोटाङमा एकको मृत्यु भएको छ । रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीमा शुनिबार दिउँसो ना १ ज ३७४७ नम्बरको जीप दुर्घटना हुँदा ४० वर्षीय रमेश अधिकारीको मृत्यु भएको हो । अधिकारी डुम्रेधारापानीका स्थानीय हुन् । 

डुम्रेधारापानीबाट कटहरेबेसी जाँदै गरेको उक्त जीप दुर्घटनामा सल्यान सारदा नगरपालिका–११ का २५ वर्षीय गाडी चालक रामबहादुर कुवर गम्भीर घाइते भएका छन् । उनलाई शनिबार साँझसम्म हेलिकोप्टर मार्फत काठमाडौं लैजाने कोसिस गर्दा खराब मौसमका कारण असम्भव भएपछि दिक्तेल ल्याइदै गरेको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।


मृतकको शव पोष्टमार्टम्का लागि ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने तयारी भइरहेको डीएसपी गौतमले सुनाए ।


प्रकाशित : मंसिर २८, २०७६ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?