कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

कांग्रेस कार्यसमितिको म्याद डेढ वर्ष थपिन्छ : महामन्त्री कोइराला

देवनारायण साह

मोरङ — कांग्रेसका महामन्त्री शशांक कोइरालाले कार्यसमितिको म्याद डेढ वर्ष थपिने बताएका छन् । ‘पार्टीको तलदेखि केन्द्रसम्मको निर्वाचनका लागि पनि समय चाहिएकाले कार्यसमितिको म्याद थप गर्नु आवश्यक छ,’ विराटनगरमा पत्रकासँगको कुराकानीमा उनले भने, ‘पार्टीको निर्वाचनपछि स्थानीय तहको निर्वाचन आउने हुन्छ त्यसैले त्यो भन्दा अगाडि पार्टीको नीति तथा रणनीति बनाउनका लागि पनि कार्यसमितिको म्याद थप गर्नु पर्छ ।’ 

कांग्रेस कार्यसमितिको म्याद डेढ वर्ष थपिन्छ : महामन्त्री कोइराला

उनले संविधान अनुसार पार्टी अघि बढाउन प्रदेश कार्यसमिति तदर्थ बनाउनुको विकल्प नभएको बताए । पार्टीको विधानमा प्रदेशको तदर्थ कार्यसमिति बनाउने व्यवस्था नभए पनि संविधान अनुकुल चल्नका लागि त्यस्तो गर्नु आवश्यक भएको कोइरालाको भनाइ थियो ।


उनले हिन्दु राष्ट्रको मुद्दाबाट पछि हट्दै मुलुकमा धर्म स्वतन्त्र हुनुपर्ने बताए । मुलुक धर्म निरपेक्षभन्दा धार्मिक स्वतन्त्रताका लागि जनमत संग्रह गर्नुपर्ने कोइरालाको भनाइ छ ।


उनले नेकपाको दुई तिहाइको सरकार असफल भइसकेको दाबी गरे । दुई तिहाइको सरकारले दुई वर्षमा गरिब विपन्न लक्षितका साथै कुनैपनि ठूला ठोस योजना ल्याउन नसकेको उनको भनाइ थियो । अहिलेको सरकारले कार्यान्वयनमै रहेका योजनाहरुलाई अघि बढाइरहेको उनको दाबी छ ।

प्रकाशित : मंसिर २३, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?