घूस रकमसहित असई पक्राउ

कान्तिपुर संवाददाता

मोरङ — तरकारी व्यापारीसँग घूस लिँदै गर्दा विराटनगरमा बुधबार प्रहरीका एक असई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इकाई इटहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत श्यामकुमार दाहाललाई घाँसचोकमा एक तरकारी व्यापारीसँग सात हजार रुपैयाँ लिँदै गर्दा नियन्त्रणमा लिएको हो ।

ZenTravel

जिल्ला प्रहरीले विराटनगरको सीआरभी पोस्ट केसलियामार्गमा उनको नेतृत्वमा ११ जना प्रहरीलाई खटाएको थियो । अख्तियार इटहरीका डीएसपी श्यामकुमार मगरको नेतृत्वमा आएका टोलीलाई असई दाहाललाई पक्राउ गरेको हो ।

Meroghar


अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले सुनसरीबाट विराटनगर ल्याउने भारतीय तरकारी जाँच नगर्ने सर्तमा तरकारी व्यापारीसँग अवैध रकम असुल्ने क्रममा पक्राउ गरिएको बताए । दाहालले घूस रकम मागेपछि व्यापारीले अख्तियारमा उजुरी गरेका थिए । दाहाल दुई महिनाअघि इलामबाट जिल्ला प्रहरी मोरङमा आएका थिए ।

प्रकाशित : मंसिर १८, २०७६ २०:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

यस्तो छ जेम्स बोन्डको ट्रेलर

एजेन्सी

बेलायत — जेम्स बोन्डका रुपमा ड्यानियल क्रेगको अन्तिम फिल्म ‘नो टाइम टु डाइ’ को ट्रेलर सार्वजनिक भएको छ । ब्रिटिश जासुस जेम्स बोन्डको चरित्रमा आधारित रहेको शृंखलाको यो २५ औं फिल्म हो भने क्रेगको बोन्डका रुपमा पाँचौं ।

जेम्स बोन्ड हलिउडको सबभन्दा लामो चलेको शृंखलामा पर्छ। लेखक इयान फ्लेमिङले सृजना गरेको एजेन्ट जेम्स बोन्डको चरित्रमा अभिनय गर्ने क्रेग छैटौं कलाकार हुन्।

क्यारी जोजी फुकुनागाले निर्देशन गरेको ‘नो टाइम टु डाइ’ मा क्रेगका अलावा क्रिस्टोफ वाल्ट्ज, रामी मलिक र लिया सिडु लगायतका कलाकारले अभिनय गरेका छन्। फ्रेन्च अभिनेत्री सिडु यसअघिको बोन्ड फिल्ममा पनि थिइन्। रामी मलिकले गत वर्षमात्रै ‘बोहेमियन र्‍याप्सोडी’का लागि उत्कृष्ट अभिनेताको ओस्कर पाएका थिए भने अर्का ओस्कर विजेता क्रिस्टोफ वाल्ट्ज यसअघिको बोन्ड फिल्ममा खलनायक थिए।
हेर्नुहोस् ट्रेलर :

प्रकाशित : मंसिर १८, २०७६ २०:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×