कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संखुवासभाको मकालुमा ६४ र खाँदबारी-३ मा ७० प्रतिशत मत खस्यो

संखुवासभा — संखुवासभाको मकालु गाउँपालिकामा अध्यक्ष पदका लागि भएको निर्वाचनमा ६४ दशमलव १५ प्रतिशत मत खसेको छ । 

खाँदबारी नगरपालिका-३ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ७० प्रतिशत मत खसेको छ । मकालु गाउँपालिका-१० र खाँदाबारी-३ मतदान स्थलमा शान्ति पूर्ण र उत्साहका साथ मतदान भएको थियो ।


मकालु गाउँपालिकामा ९ हजार १ मतदाता रहेका छन् भने खाँदबारी नगरपालिका–३ मा १ हजार ८ सय ३० मतदाता छन् । मकालुमा ७ वटा दल चुनावी मैदानमा छ भने खाँदबारी ३ को वडाध्यक्षमा नेकपा र कांग्रेसको मात्र उमेदवारी छ ।

प्रकाशित : मंसिर १४, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?