कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हतियारसहित युवक पक्राउ 

डिल्लीराम खतिवडा

उदयपुर — हतियार देखाई अपहरणको शैलीमा ट्याक्टर मजदुरलाई नियन्त्रण लिएको भन्दै वेलका नगरपालिका–३ सातपत्रेबाट बुधबार राति एक युवक पक्राउ परेका छन् । स्थानीय १९ वर्षीय मनोज खत्री हतियारसहित पक्राउ परेका हुन् । 

हतियारसहित युवक पक्राउ 

ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले खत्रीलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको हो । राति साढे ९ बजे सातपत्रेबाट रामपुरतर्फ आउँदै गरेको स १ त ७४४० नम्बरको ट्याक्टर रोकी सोही ट्याक्टरमा काम गर्ने १८ वर्षीय विश्व खड्कालाई हातपात गरिरहेको अवस्थामा खत्रीलाई पेस्तोलसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।


पक्राउ परेका खत्रीलाई जिल्ला अदालतबाट म्याद लिई कारबाही अगाडि बढाइएको इलाक प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

प्रकाशित : मंसिर १२, २०७६ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?