कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँबजारमा बालाचतुर्दशी मेला

इलाम — पूर्वी इलामको सुन्दर माइजोगमाईको नयाँवजारमा बालाचर्तुदशीको अवसरमा मेला लागेको छ । गाउँपालिकाको सहयोगमा मेला ब्यवस्थापन समितिले आयोजना गरेको मेलामा धार्मिक, सांस्कृतिक, खेलकुद लगायतका कार्यक्रम राखिएका छन् । भ्रमण वर्ष २०२० लाई लक्षित गरी गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य सहित मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले जनाए ।

‘पयटकीय संभावनाले भरिएको यो क्षेत्रमा परम्परागत र ऐतिहासिक महत्वलाई जोगाउदै पर्यटन प्रर्वधनमा सहयोग पुग्ने गरि मेलाको आयोजना गरिएको हो,’ उनले भने, ‘सडकको अवस्था सुधारसँगै विभिन्न पर्यटकीय पूर्वाधार विकासका कारण नयाँवजार क्षेत्रको सौन्दर्य उज्यालिदो छ ।’


माईजोगमाई गाउँपालिकाको थुम्केडाँडाबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । यस्तै, उत्तरे पोखरी, मलु पोखरी, साततले झरना, शिवालय धाम, साङछयोलिङ बौद्ध गुम्का, महादेव थान मन्दिर, देवि मन्दिर लगायत पर्यटकका लागि आकर्षणका केन्द्र रहेका छन् । उक्त क्षेत्र पुगेका पर्यटकले चोयाटार पुगेर रेडपाण्डाको अवलोकन गर्न सक्ने छन ।

प्रकाशित : मंसिर ११, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?