कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजारमा अखाद्य वस्तु छ्यापछ्याप्ती : अनुगमन गर्ने निकाय बेखबर

डिल्लीराम खतिवडा

(उदयपुर) — बजारमा म्याद गुज्रिएको खाद्य वस्तु र औषधि छ्याप्छ्याप्ती भेटिने गरेका छन् । खाद्य वस्तुमा मिसावट, तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य आफूखुसी वृद्धि गरेकाले उपभोक्ता मर्कामा परेका छन् । मुख्य व्यापारिक केन्द्र गाईघाट, वेल्टार, कटारीलगायत ग्रामीण बजारमा समेत अखाद्य वस्तु बिक्री भइरहेको हो । बजार अनुगमन गर्ने निकाय भने यसबारे बेखबर छ । 

बजारमा अखाद्य वस्तु छ्यापछ्याप्ती : अनुगमन गर्ने निकाय बेखबर

मुख्य चाडपार्व आसपासमा मात्रै एक/दुई दिन गरिने बजार अनुगमनले व्यापारीको मनपरि बढेको छ । चाडपर्वका समयमा पनि गाईघाट, बेल्टार र कटारी बजारमा खासै अनुगमन नभएको स्थानीयले बताए । बजार अनुगमन भएको महिनौं बितिसकेको छ । अनुगमन गर्ने निकायले वास्ता नगर्दा बजारका ठूला तथा साना व्यापारीले मनमौजी रूपमा मूल्य तोकेर ग्राहकलाई ठग्ने गरेका छन ।


अहिले स्थानीय बजारमा अखाद्य वस्तु मिसिएको तेल, पिठो, दाल र म्याद गुज्रिएका बिस्कुट, चाउचाउ लगायत दैनिक उपभोग्य बस्तुको खुलेयाम बिक्रि भईरहेको स्थानीयको गुनासो छ । ‘खाद्यान्नमात्रै होइन ,म्याद गुज्रिएका औषधिसंगै श्रृगारका सामग्रि समेत बिक्रि भईरहेको छ’ कटारी बजारकी मनिषा रसाइलीले भनिन, ‘व्यापारीलाई धेरै मुनाफा चाहिको छ, उनीहरू जस्तो सुकै बस्तु बिक्री गरेपनि हुन्छ भन्ने मान्यताको विकास भइसकेको छ ।’ सम्बन्धित निकायले अनुगमन नगर्दा व्यापारीमा एकाधिकार गर्ने मनोबल बढेको उनले बताइन् ।


‘उपभोक्ता जागरुक छैनन्’ गाईघाटकी मिना केसीले भनिन ‘ सरकारी निकायले बेवास्ता नगर्दा जति भनेपनि र जस्तो दिएपनि किनेर खानुको बिकल्प छैन ।’ दाल चामल, दुध, दहि, मासु लगायत दैनिक उपभोग्य वस्तुमा मिसावट हुँदा समेत सम्वन्धित निकायले वास्ता नगरेको केसीले वताइन ।


उपभोक्ता जागरुक नहुँदा समस्या छ । नगर क्षेत्रका बजारमा नगरपालिकाले अनुगमन गर्नु पर्ने उपभोक्ता हित सरक्षणका क्षेत्रमा क्रियाशील बद्री काफलेले बताए । ‘खाद्यन्य लगायत दैनिक उपभोग्य वस्तुको अनुगमन, कारबाहि र नियन्त्रण गर्ने काम नगरपालिका हो ’ काफलेले भने, ‘औषधीको पनि अनुगमन स्वास्थ्य कार्यालय, औषधी व्यावस्थापन विभाग, स्थानीय प्रशासनसंग मिलेर स्थानीय तहले नै गर्ने हो ।’ तर, स्थानीय तहका जनप्रतिनिधिकै व्यापारीसंग मिलेमतो गरेकाले समस्या भएको उनले बताए ।


‘सुनसरीको इनरुवामा २० रुपैया प्रतिकिलो पर्ने काउली वेल्टार र गाईघाट बजारमा १ सय २० रुपैया प्रतिकिलोमा बिक्रि भईरहेको छ’ उपझोता नरेन्द्र थापाले भने, ‘रासायनिक मल प्रयोग गरेको कम गुणस्तरको जतिसक्दो बढीमा बेचेर धेरै नाफा कमाउनुपर्छ भन्ने व्यापारीमा भावना विकास भएको छ ।’ व्यापारीले आफू खुसी महँगी बढाएको गुनासो गर्दा समेत सम्बन्धित निकाय बोल्दैन । दूधमा ५० प्रतिशत पानी मिसाइएको हुन्छ । दुधमा धेरै पानी मिसावट भयो भन्दा सरकारी निकायले वास्तै नगरेको सर्वसाधरणले गुनासो गरे । झण्डै एक बर्षयता व्यापकरुपमा बढ्दै गएको मूल्य बृद्धि अहिले आएरपनि रोकिएको छैन । व्यपारीले मूल्यसूचि राख्दैनन, कपडा, खाद्यान्न र अन्य दैनिक उपभोग्यवस्तुको मूल्य बृद्धि दैनिक बढ्दै गएको छ । तर, बजार अनुगमन गर्ने निकाय मौन रहेकोमा उपभोक्ता आर्श्चय प्रकट गरिरहेका छन ।


‘ढुंगाको ढकले जोखेर सामान बिक्री गरिन्छ’ पूर्वजनप्रतिनिधि राधेश्याम प्रसाईले भने, ‘वर्षदिन पहिले बजार अनुगमन गरेर व्यपारीलाई सचेत गराएको नगरपालिका अहिलेसम्म फर्किएर आएको छैन ।’ म्याद सकिएका सामग्री नष्ट गर्ने, मूल्य वृद्धि रोक्ने लगायतका निरन्तर अनुगमन नभएकै कारण उपभोक्ताले सास्ती भोग्नुपरेको उनले बताए ।


प्रकाशित : मंसिर ११, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?