कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

किसानलाई प्यान लिन झन्झट

(ताप्लेजुङ) — कर सप्ताह मनाउन आएका आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत युवराज श्रेष्ठलाई किसान तेज भट्टराईले सोधे, ‘मैले अलैंची बिक्रि गर्न लगेको, व्यापारीहरू प्यान नम्बर चाहिन्छ भन्छन्, अधिकृतज्यू साँच्चै चाहिने नै हो र ?’

यस्तै प्रश्न अलैंची ब्यवसायी संघका जिल्ला अध्यक्ष वालमणी बरालले पनि गरे । ‘मसँग पाँच/छ सय मन अलैंची बिक्री गर्नेहरू सम्पर्कमा छन् । उनीहरू कसैसँग पनि प्यान छैन । अब मैले त्यो अलैंची लिने कि नलिने ?’


जवाफमा श्रेष्ठले भने, ‘मैले यो पोसाक लगाएर तपाईहरूलाई बिना प्यान कारोबार गर्नुस् भन्न मिल्दैन । खरिद बिक्रिमा प्यान अनिवार्य चाहिन्छ ।’ सरकारले ल्याएको एक व्यक्ति एक प्यानको अवधारणा अनिवार्य रहेको उनले बताए ।


अनिवार्य प्यानको व्यवस्थासँगै जिल्लाका किसानहरू अन्योलमा परेका छन् । उनीहरूबाट सामग्री खरिद गरेका ब्यापारी पनि समस्यामा परेको सुनाउँछन् ।


अहिले अलैंचीको वजार मूल्य प्रतिकिलो छ सय रुपैंया हाराहारि छ । एक हजारभन्दा माथिको कारोवारमा प्यान अनिवार्य भनिएकाले दुइकिलो अलैंची खरिदमै त्यो लागू हुन्छ । धेरै उत्पादन गर्नेले मनका हिसावले (एक मनमा ४० किलो) कारोबार गर्ने गरेका छन ।


‘हामिले पनि बिर्तामोडमा लगेर बिक्रि गर्ने हो,’ अध्यक्ष बरालले भने, ‘किनेको बिल नदेखाउदा कहावाट ल्याएको भनेर सोधे के प्रमाण देखाउने ?’


प्यान चाहिन्छ भन्दा किसानले वास्ता नगरेको र व्यापारीले समस्यामा परेको गनुासो गर्ने गरेको संघका अध्यक्ष बरालले बताए । ‘अहिले यो ठूलै समस्या भएको छ,’ उनले भने । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लामा २८ सय मन अलैंची उत्पादन हुन्छ । देशभरीको उत्पादन पाँच हजार टन छ ।


१ दशमलव ६ प्रतिशत राजस्व बुझाउनुपर्ने भएकाले किसान प्यान लिन तयार नहुने ब्यवसायिको दावी छ । उनिहरूले कृषिमा कर नलाग्ने र आफुहरूले प्यान लिनु नपर्ने तर्क गर्दै आएको अलैंची जोनका अध्यक्ष दिनेश अधिकारी वताउँछन । ताप्लेजुङमा प्रतिमन २५ र झापाको बिर्तामोडमा २६ हजार मूल्य छ । जिल्लामा कार्यालय नभएकाले प्यान लिन पाँचथरको फिदिम जानुपर्छ । कर अधिकृत श्रेष्ठ अव गाउँगाउँमा शिविर राख्ने तयारी रहेको वताउँछन । ‘सवैको पहुँचमा पुग्ने प्रयास त गरिरहेका छौं,’ उनले भने, ‘जनशत्ति कम भएकाले केही समस्या भएको छ ।’


प्रकाशित : मंसिर ८, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?