अन्तु पोखरीमा डुंगा नचल्दा समस्या

कान्तिपुर संवाददाता

इलाम — अन्तु पोखरीमा डुङ्गा सञ्चालनमा रोक लगाइएको छ । नगरपालिकाले सुरक्षा र आम्दानीको विषय उठाउँदै तत्काललाई डुङ्गा सञ्चालनमा रोक लगाएको हो । जसका कारण झुल्केघामको दृष्यावलोकनसँगै हराभरा चियाबारी र पोखरीमा रमाउन पुग्ने सयौं पर्यटकलाई प्रत्यक्ष प्रभाव परेको छ ।

स्थानीयको अपनत्व कायम गर्दै नगरपालिकालेका निर्धारण गर्न खोजेको प्रकृयामा छिरेर डुङ्गा सञ्चालन तत्काल गरिनु पर्ने सरोकारवालाले बताएका छन् । ‘यहाँको पर्यटनको मुख्य आधारका रूपमा पोखरीमा रहेको डुङ्गा सञ्चालनलाई चाँडोभन्दा चाँडो निरन्तरता दिन प्रयासरत छौं,’ डुङ्गा सञ्चालन समितिका संयोजक रुद्र घिमिरले भने, ‘नगरपालिकासँग वार्तामा बसेर समाधान निकाल्ने कोसिस गरिरहेका छौं ।’ पाँच वर्षभन्दा अघिदेखि अन्तुपोखरीमा पुगेका पर्यटकलाई डङ्गा सयर गराइँदै आएको थियो ।

प्रकाशित : कार्तिक ३०, २०७६ ११:०६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सीमा अतिक्रमणविरुद्ध स्रष्टाहरू

कान्तिपुर संवाददाता

विराटनगर — कालापानी, लिपुलेख र लिम्यिाधुरालगायत नेपाली भूभाग अतिक्रमणविरुद्ध मोरङको बेलबारीमा स्रष्टाहरू भेला भएर शुक्रबार खबरदारी गरेका छन् । अतिक्रमणविरुद्ध साहित्यकार र संगीत क्षेत्रका स्रष्टाले खबरदारी गरेका हुन् ।

बेलबारी साहित्य विकास समिति, स्रष्टा समाज र विराट साहित्य समाजको अगुवाइमा कार्यक्रम आयोजना गरिएको हो । स्रष्टा आवाज नाम दिइएको कार्यक्रम शनिबार मोरङ विराटचोकमा आयोजना गरिने भएको छ । कार्यक्रममा भेला भएका सर्जकहरूले आफ्ना रचनामार्फत अतिक्रमणको विरोध गरेका थिए । यसैगरी संगीतमार्फत पनि एकताको सन्देश दिइएको थियो । कार्यक्रममा छबि वैरागी घिमिरे, राजेन्द्र कार्की, रेखा सुवेदी, उमा सिजापति, यज्ञ सुवेदी, विदुर सुवेदी, तिला लेकाली, इरान राई, राजु परिवार, राधा भट्टराईलगायत सर्जकहरूले सिर्जना प्रस्तुत गरेका थिए ।

भारतले संयुक्त राष्ट्रसंघीय घोषणापत्र उल्लंघन गर्दै सीमा मिचेकाले यो विषयलार्य अन्तर्राष्ट्रिकरण गरिनुपर्नेमा स्रष्टाहरूले जोड दिएका थिए । विभिन्न विद्यालयका विद्यार्थीले राष्ट्रिय गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित : कार्तिक ३०, २०७६ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×