कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडाध्यक्षमा चार जनाको उम्मेदवारी 

कान्तिपुर संवाददाता

खोटाङ — साकेला गाउँपालिका-३ खिदिमाको रित्त वडाध्यक्ष पदमा हुने निर्वाचनका लागि चार उम्मेदवारी दिएका छन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाकी शिवकला राई, कांग्रेसका सुक्रबहादुर तामाङ, समाजवादी पार्टीका रमेश राई र राप्रपाका इन्द्रबहादुर खड्काले मनोनयन गरेका हुन् । 

उनीहरुले साकेला गाउँपालिकाको केन्द्र मात्तिमको मानेभन्ज्याङमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्याल्यमा बुधबार मनोनयन दर्ता गराएका हुन् । जिल्ला निर्वाचन अधिकारी प्रमुख कोपिला राईका अनुसार तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको गत वैशाख ९ गते मृत्युपछि उपनिर्वाचनमार्फत अर्को वडाध्यक्ष चयन गर्न लागिएको हो ।

प्रकाशित : कार्तिक २७, २०७६ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?