कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिफ्टले थिचेर मजदुरको मृत्यु

कान्तिपुर संवाददाता

दमक — लिफ्टले थिचेर झापाको दमकमा बिहिबार एक मजदुरको मृत्यु भएको छ । दमक–६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाधीन भवनको लिफ्टले थिचेर पाँचथर घर भइ दमक-८ मा बस्दै आएका ३० वर्षीय सन्तोष मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

लिफ्टले थिचेर मजदुरको मृत्यु

लिफ्ट मर्मत गर्ने क्रममा लिफ्ट अकस्मात चलेपछि ग्रिलको काम गरिरहेका मगरलाई लिफ्टले थिचेको थियो ।


बिहान ८.३० बजे सो दुर्घटनाबाट सख्त घाइते भएका मगरलाई दमकस्थित लाइफलाइन अस्पतालमा पुर्याइएको भएपनि उपचार हुन नसकेपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।


घाइतेको प्रतिष्ठानमा उपचारका क्रममा बिहान ११ बजे मृत्यु भएको दमकका डीएसपी विजयकुमार पण्डितले बताए ।

प्रकाशित : कार्तिक ७, २०७६ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?