कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरानमा राष्ट्रिय कविता महोत्सव

कान्तिपुर संवाददाता

सुनसरी — स्वर्गीय कवि विमल गुरुङको ४९ औं जन्मजयन्तीको अवसरमा आगामी कात्तिक १९ गते धरानमा राष्ट्रिय कविता महोत्सव आयोजना हुने भएको छ  । विमल स्मृति पुस्तकालय सञ्चालक समितिले कवि विमलको जन्मजयन्तीको दिन पारेर कविता महोत्सव गर्ने तयारी गरेको जनाएको हो  ।

पुस्तकालयका अध्यक्ष एवं विमलका बुबा पूर्णबहादुर गुरुङका अनुसार प्रथम पुरस्कार २० हजार, दोस्रो पुरस्कार १५ हजार र १० हजार रुपैयाँ र सान्त्वना पुरस्कार ५ हजार रहेको छ ।

पूर्व गोर्खा लाहुरे पूर्णबहादुर गुरुङले आफ्ना एकमात्र कवि छोरा विमलको स्मृतिमा धरान १८ बुद्धचोकस्थित करिब ६ करोड रुपैयाँबराबरको पुस्तकालय, भवन निर्माण गरेर बर्सेनि राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएका छन् ।

दृष्टि साप्ताहिकमा आबद्ध रहेर पत्रकारिता समेत गर्दै आएका कवि विमलको १९ वर्षको अल्पायुमा नै ०४८ वैशाख २८ गते धादिङको जुकेपानीमा बस दुर्घटनामा ज्यान गएको थियो ।

प्रकाशित : आश्विन २८, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?