कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुटानी शरणार्थी शिविरमा आगलागी

अर्जुन राजवंशी

दमक — झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट ९ छाप्रो जलेका छन् । 

बेलडाँगी २ सेक्टर ‘डी’ ‘वान’ मा आगलागी भएको हो । स्थानीयकाअनुसार निरमाया राईको छाप्रोबाट आगो सल्केको थियो ।


बिहान साढे ९ बजे सुरु भएको आगो दमक, गौरादह लगायतका स्थानबाट आएका दमकल र स्थानीय शरणार्थीको प्रयासमा निभाइएको छ ।

प्रकाशित : आश्विन २६, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?