दसैंमा झाँगड समुदायको लोकनृत्य

दुर्गा मन्दिर परिसरमा लाग्ने दशमी मेलामा दुर्गामातालाई प्रसन्न पार्न धर्मसंस्कृतिको गीत गाउँदै बेलुकीदेखि साँझसम्म नाचिन्छ
जितेन्द्र साह

मोरङ — पुरुष वाद्यवादन मिलाउँदै । महिला लुगाफाटा पट्याउँदै । बालबालिका मादल एवं सानो ड्रम बजाउँदै । पञ्चमीमा बिहीबार बिहान मोरङको कटहरी गाउँपालिका–५, भौडाहा टोलको झाँगड (उराँव) जातिको बस्तीमा पुग्दा देखिएको दृश्य हो यो ।

यो आदिवासी जनजाति समुदायले विजयादशमीमा लाग्ने मेलामा पुर्खौंदेखि परम्परागत नृत्य प्रस्तुत गर्दै आइरहेका छन् । ‘महिला र पुरुषले काँधमा काँध मिलाएर नाच्ने चलन छ,’ झाँगड समुदायका अगुवा ६६ वर्षीय बद्री उराँवले भने, ‘बुढयौलीले नाच्न नसक्ने भएर म मादल बजाउँछु ।’


झाँगडहरूले नजिकैको नयाँ बजार र रामचोकको दुर्गा मन्दिर परिसरमा लाग्ने दशमी मेलामा दुर्गामातालाई प्रसन्न पार्न धर्मसंस्कृतिको गीत गाउँदै बेलुकीदेखि साँझसम्म नाँच्छन् । ‘बाजागाजासहित २० जनाको टोली हुन्छ,’ २३ वर्षीया अर्चना उराँवले भनिन् । सुनसरी गढी गाउँपालिका–४, छिटाहा घर भएकी उनी दसैं नृत्यमा सहभागी हुन केही दिन अगावै माइत आइपुगेकी हुन् । ‘होस सम्हालेदेखि देख्दै र सिक्दै आएको हुनाले यहाँका सबै युवायुवतीलाई नाच्न आउँछ,’ उनले भनिन्, ‘एक/दुई दिन अभ्यास गरे पुग्छ ।’


विराटनगरकै पोखरिया उच्च माविमा ११ कक्षासम्म पढेका श्रीमान विशाल उराँवले पत्नी अर्चनालाई साथ दिएका छन् । ‘लोक संस्कृति भनेको पहिचान हो, श्रीमतीलाई नाच्नबाट रोक्ने कुरै भएन,’ उनले भने ।


साथी विशालसँगै पहिलो पटक यो बस्ती घुम्न आइपुगेका विराटनगर कञ्चनबारीका युवक रोशन ढुंगेल पनि झाँगडको संस्कृति प्रेम देखेर चकित परेको बताए । ‘शिक्षा र चेतनामा पछि परे पनि झाँगडको लोकनृत्य एवं धर्मसंस्कृति प्रतिको लगावले मन छोयो,’ उनले भने । यी आदिवासी जनजातिहरूले सरकारी, गैर सरकारी संस्था एवं स्थानीय निकायको सहयोग बिनै लोक संस्कृतिको जगेर्ना गरिरहेका छन् । मेलाका आयोजकले दिने नगद रकम वा पुरस्कारबाट सबै जनाले मिलेर नृत्यका लागि पोसाक र वाद्य वादन किन्ने गरेको अर्चनाले बताइन् । उनीहरूले ८ हजार रुपैयाँमा दुई मादल, ढोलक जस्तै वाद्यवादन डिगा र सानो ड्रम किनेका छन् ।


उनका अनुसार मेला वा जात्राका आयोजकले ८ देखि १५ हजार रुपैयाँसम्म दिन्छन् । यो नृत्य पनि बाआमाबाट छोराछोरीमा हस्तान्तरण हुँदै आएको छ । ‘बुढाबुढीले चाँहि हेर्ने मात्र हो, छोराछोरीले मात्र नााँच्छन्,’ ३५ वर्षीया शिलादेवी उराँवले भनिन् । स्थानीय ४० वर्षीया शान्ति उराँवले डेढ दसक अगाडिसम्म नाँचे पनि अहिले उनको ४ छोराछोरीले निरन्तरता दिइरहेका छन् । भदौ पूर्णिमा हुने कर्माधर्मा पुजा यो जातिको सबैभन्दा ठूलो पर्व हो । यसमा उनीहरूले देवीदेउताको पुजा गर्नुका साथै नाचगान पनि गर्छन् ।

‘निम्तो आइराख्ने हुनाले हामी वर्षभरि नै साँस्कृतिक कार्यक्रम र झाँकीहरूमा सहभागी भइरहेकै हुन्छौं,’ ६० वर्षीय रमेश उराँवले भने, ‘तर, दसैंमा नाच्नु भनेको परम्परा नै हो, दशमीको प्रतिक्षा गरिरहेका हुन्छौं ।’


मजदुरी र खेतीपाती गरेर यो जातिले गुजारा गर्छन् । विराटनगरदेखि १२ किमि पूर्वोत्तर भौडाहामा झन्डै सय घर, कटहरी–६ ढेलाखोकीमा १५ घर र कटहरी–७ को हुरहुरिया तथा तकिया बस्तीमा ३५ घर झाँगड समुदाय छन् । झाँगड जाति मोरङबाहेक इलाम, झापा, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, ललितपुर, काठमाडौंमा र कञ्चनपुरलगायतका जिल्लामा समेत बसोबास गर्छन् ।

प्रकाशित : आश्विन १७, २०७६ ११:२८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मध्यम मूल्यका स्मार्टफोन

कान्तिपुर संवाददाता

दसैंमा नयाँ ग्याजेट्स जोड्ने धेरैको रहर हुन्छ, स्मार्टफोन सबैको प्राथमिकतामा पर्छ  । नेपालमा अहिले विभिन्न ब्रान्ड र मूल्यका स्मार्टफोन किन्ने विकल्प छ  ।

ती विकल्पमध्ये कुन छान्ने ? स्मार्टफोन किन्दा आफ्नो आवश्यकतालाई पहिलो प्राथमिकता दिनुपर्छ । आफूलाई धेरै ब्याट्री टिक्ने स्मार्टफोन चाहिएको छ वा राम्रो क्यामेरा भएको ? ठूलो स्क्रिन भएको ठीक होला कि सानो स्क्रिन ? यस्ता आवश्यकता निर्धारण गरियो भने स्मार्टफोन किन्न सजिलो हुन्छ ।


रु. ३०,००० सम्म

साओमी रेडमी नोट सेभेन प्रो
स्क्रिन : ६.३ इन्च
र्‍याम : ६ जीबी
स्टोरेज : ६४
क्यामेरा : ४८, ५ मेगापिक्सेल रेअर र १३ मेगापिक्सेल फ्रन्ट
ब्याट्री : ४,००० एमएएच
मूल्य : रु.२६,९९९

ओप्पो ए फाइभ
स्क्रिन : ६.५ इन्च
र्‍याम : ४ जीबी
स्टोरेज : १२८ जीबी
क्यामेरा : १२, ८, २ र २ मेगापिक्सेल (चार वटा रेअर) र ८ मेगापिक्सेलको फ्रन्ट
ब्याट्री : ५,००० एमएएच
मूल्य : रु.२७,९९०

सामसङ ग्यालेक्सी एम थर्टी एस
स्क्रिन : ६.४ इन्च
र्‍याम : ४ जीबी
स्टोरेज : ६४ जीबी
क्यामेरा : ४८, ८ र ५ मेगापिक्सेल रेअर र १६ मेगापिक्सेल फ्रन्ट
ब्याट्री : ६,००० एमएएच
मूल्य : रु.२७,९९०
हुवावे वाई नाइन प्राइम
स्क्रिन : ५.५९ इन्च
र्‍याम : ४ जीबी
स्टोरेज : ६४ जीबी
क्यामेरा : १६, ८ र २ मेगापिक्सेल रेअर र १६ मेगापिक्सेल फ्रन्ट
व्याट्री : ४,००० एमएएच
मूल्य : रु.२९,९९०

साओमी एमआई ए थ्री
स्क्रिन : ६.०१ इन्च
र्‍याम : ६ जीबी
स्टोरेज : १२८ जीबी
क्यामेरा : ४८, ८ र २ मेगापिक्सेल रेअर र ३२ मेगापिक्सेल फ्रन्ट
ब्याट्री : ४,०३० एमएएच
मूल्य : रु.२७,९९९

रु. ३०,००० देखि ४०,००० सम्म


पोकोफोन एफवान
स्क्रिन : ६.१८ इन्च
र्‍याम : ६ जीबी
स्टोरेज : १२८ जीबी
क्यामेरा : १२ र ५ मेगापिक्सेल रेअर र २० मेगापिक्सेल फ्रन्ट
ब्याट्री : ४,००० एमएएच
मूल्य : रु.२९,९९९ (अनलाइनमा मात्र)

साओमी रेडमी के ट्वान्टी
स्क्रिन : ६.३९ इन्च
र्‍याम : ४ जीबी
स्टोरेज : १२८ जीबी
क्यामेरा : ४८, ८ र १३ मेगापिक्सेल रेअर र २० मेगापिक्सेल फ्रन्ट
ब्याट्री : ४,००० एमएएच (फास्ट चार्जिङ)
मूल्य : रु.३९,९९९

हुवावे पी थर्टी लाइट
स्क्रिन : ६.१५ इन्च
र्‍याम : ६ जीबी
स्टोरेज : १२८ जीबी
क्यामेरा : २४, ८ र २ मेगापिक्सेल रेअर र ३२ मेगापिक्सेल फ्रन्ट
ब्याट्री : ३,३४० एमएएच
मूल्य : रु.३९,९९९

भिभो भी फिप्टिन
स्क्रिन : ६..५३ इन्च
र्‍याम : ६ जीबी
स्टोरेज : १२८ जीबी
क्यामेरा : १२,८, र ५ मेगापिक्सेल रेअर र ३२ मेगापिक्सेल फ्रान्ट
ब्याट्री : ४,००० एमएएच
मूल्य : रु.४०,०००


ओप्पो एफ एलेभेन प्रो
स्क्रिन : ६.५३ इन्च
र्‍याम : ६ जीबी
स्टोरेज : १२८ जीबी
क्यामेरा : ४८ र ५ मेगापिक्सेल रेअर र १६ मेगापिक्सेल फ्रन्ट
ब्याट्री : ४,००० एमएएच
मूल्य : रु.४०,०००


रु. ४०,००० देखि ५०,००० सम्म


ओप्पो एफ एलेभेन प्रो
स्क्रिन : ६.५३ इन्च
र्‍याम : ६ जीबी
स्टोरेज : १२८ जीबी
क्यामेरा : ४८ र ५ मेगापिक्सेल रेअर र १६ मेगापिक्सेल फ्रन्ट
ब्याट्री : ४,००० एमएएच
मूल्य : रु.४१,९९०

सामसङ ग्यालेक्सी ए सेभेन्टी
स्क्रिन : ६.७ इन्च
र्‍याम : ६ जीबी
स्टोरेज : १२८ जीबी
क्यामेरा : ३२, ५ र ८ मेगापिक्सेल रेअर र ३२ मेगापिक्सेल फ्रन्ट
ब्याट्री : ४,५०० एमएएच
मूल्य : रु.४२,८९०

वान प्लस फाइभ टी
स्क्रिन : ६.०१ इन्च
र्‍याम : ६ जीबी
स्टोरेज : ६४ जीबी
क्यामेरा : १६ र २० मेगापिक्सेल रेअर र १६ मेगापिक्सेल फ्रन्ट
ब्याट्री : ३,३०० एमएएच
मूल्य : रु.४६,०००

रेडमी के ट्वान्टी प्रो
स्क्रिन : ६.३९ इन्च
र्‍याम : ८ जीबी
स्टोरेज : २५६ जीबी
क्यामेरा : ४८, ८ र १३ मेगापिक्सेल रेअर र २० मेगापिक्सेल फ्रन्ट
ब्याट्री : ४,००० एमएएच
मूल्य : रु.४९,०००

भिभो भी फिप्टिन प्रो
स्क्रिन : ६.३९ इन्च
र्‍याम : ६ जीबी
स्टोरेज : १२८ जीबी
क्यामेरा : ४८, ८ र ५ मेगापिक्सेल रेअर र ३२ मेगापिक्सेल फ्रन्ट
ब्याट्री : ३,७०० एमएएच
मूल्य : रु.५०,०००

प्रकाशित : आश्विन १७, २०७६ ११:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT