कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छथरलाई ६० लाख

(तेह्रथुम) — छथर क्षेत्रको पर्यटन विकासका लागि गाउँपालिकाले चालु वर्षमा ६० लाख रुपैयाँ खर्च गर्ने भएको छ । पर्यटकीय गतिविधि सञ्चालनका लागि योजना तय गर्दै बजेट विनियोजन गरेको हो । 

गाउँपालिकाका ऐतिहाासिक, पुरातात्त्विक, जातीय, भौगोलिक, धार्मिक, साँस्कृतिक, वातावरणीय, साहासिक खेल लगायत क्षेत्रको विकासका लागि खर्च गरिने गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।


छथर क्षेत्रमा पर्यटकीय सम्भावना रहेकाले गाउँपालिकाले रकम लगानी केन्द्रित गरेको उनले बताए । पर्यटकीय विकासका लागि गत आवमा गाउँपालिकाले ४० लाख रुपैयाँ खर्च गरेको थियो । यो वर्ष लगानी बढाइएको प्रवक्ता राजन नेपालीले बताए । विनियोजित रकम छथर क्षेत्रका चाङलुङ गुफा, छथर भ्यु पार्क, सौरेनी डाँडा पिकनिक स्थल, बाल उद्यान आहाल डाँडा, साततले गुफा लगायतको संरक्षण र पूर्वाधार विकासमा खर्च गरिने गाउँपालिकाले जनाएको छ ।



यस्तै फाक्चामाराको थाक्चोलुङ अतिथि भवन, ताक्लुङ गढी, चाङसिङ गढी, मार्गपोखरी, हाङमालुङ ढुंगा, मालिङ गुम्बा, हनुमाने ढुंगा लगायतका प्राकृतिक स्थलको संरक्षण र पूर्वाधार विकासका लागि समेत पर्यटन क्षेत्रमा छुट्याइएको बजेट खर्च गरिने अध्यक्ष लिम्बूले बताए ।



प्रकाशित : आश्विन ५, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?