कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटामा ४ जना डेंगुका बिरामी  

रमेशचन्द्र अधिकारी

धनकुटा — देशभर फैलिएको डेंगुका धनकुटामा ४ जना बिरामी फेला परेका छन् । धनकुटा नगरपालिका ९ वेलहाराका दुई बिरामीको स्वास्थ्य परीक्षणका क्रममा डेंगुको लक्षण फेला परेको मेडिकल सुपरिटेण्डेन्ट अभिताभ ठाकुरले जानकारी दिए ।  

उनीहरुलाई प्राथमिक उपचार पछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।


यसैगरी धनकुटाका अन्य दुई जनामा पनि डेंगु रोगको लक्षण देखा परेको प्रतिष्ठान स्रोतले जनाएको छ । उपचारका लागि धरान पुगेका ती दुई जनामा डेंगुको संक्रमण देखिएको जनाइएको छ ।


यसैबीच, धनकुटा अस्पतालमा दैनिक डेढ सय बढी विभिन्न रोगका बिरामी उपचारका लागि जाने गरेको जनाइएको छ ।


छिमेकी जिल्ला संखुवासभा, भोजपुर, तेह्रथुम तथा पाँचथरका सिमावर्ती क्षेत्रका बिरामी समेत धनकुटामा आउने गरेका छन् । अधिकांशमा मौसमी ज्वरो लगायतका स्वास्थ्य समस्या रहेको चिकित्सकले जनाएका छन् ।

प्रकाशित : भाद्र ३१, २०७६ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?