कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्योगी–व्यवसायीको टोली अमेरिका प्रस्थान

विराटनगर — अमेरिकाको न्युयोर्कमा हुने एक कार्यक्रममा सहभागी हुन उद्योगी–व्यवसायीको टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।

उद्योगी–व्यवसायीको टोली अमेरिका प्रस्थान

ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्सको कार्यक्रममा सहभागी हुन उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिका पदाधिकारीसहितको टोली अमेरिकातर्फ गएको हो ।


टोलीमा महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्रकुमार खडका, उपाध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौका निमित्त महानिर्देशक गोपाल तिवारीलगायत सहभागी छन् ।


असोज २ गतेदेखि ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्शले आयोजना गरेको १८ औं ग्रेटर न्यूयोर्क फेयर एण्ड कन्फरेन्समा टोलीको सहभागिता हुने महासंघ प्रदेश समितिका कार्यकारी निर्देशक राधारमण भण्डारीले बताए ।


नेपाल उद्योग वाणिज्य महासंघ र ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्श अमेरिकाबीच भगिनी सम्बन्ध कायम गर्ने सहमतिमा हस्ताक्षर गर्ने, ग्रेटर न्यूयोर्क चेम्बरका पदाधिकारीहरुसंग ‘बिटुबि’ छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।


यसैगरी महासंघका तर्फबाट नेपालमा सम्भावित लगानीका अवसर तथा दुई देशबीचको व्यापार प्रवद्र्धनका विषयमा तयार गरिएको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको भण्डारीले बताए ।

प्रकाशित : भाद्र ३१, २०७६ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?