कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेग्लाबेग्लै घटनामा २ जनाको मृत्यु

विराटनगर — सुनसरीको दुहबीमा स्कुल बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ । इटहरीबाट विराटनगर गइरहेको मेरिल्याण्ड स्कुलको को १ क ११८८ नम्बर बसले ठक्कर दिंदा को १३ प ४७५ नम्बर मोटरसाइकल चलाइरहेका ३६ वर्षीय जयनारायण चौधरीको शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, संखुवासभाको मकालु गाउँपालिका ५ स्थित अरुण तेस्रो जलविद्युत निर्माणको काममा रहेको एसएम राज कम्पनीका कामदार ३५ वर्षीय दिलिप थापाको पौडी खेल्ने क्रममा मृत्यु भएको छ । स्थानीय राते खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित : भाद्र २८, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?