कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुराना मन्दिरमा पित्तल छानो

सुनसरी — पर्यटक आकर्षित गर्न धरानको विजयपुर क्षेत्रमा रहेका मुख्य मठ मन्दिरमा पित्तलको छानो लगाउन थालिएको छ । मन्दिर जाने सडक किनारामा ती ऐतिहासिक मन्दिरको चित्रसहित परिचय पनि लेख्न थालिएको छ ।

पुराना मन्दिरमा पित्तल छानो

विजयपुर क्षेत्रका ऐतिहासिक र पुरातात्त्विक महत्वका मठ मन्दिरका नाममा जथाभावी पक्कि भौतिक संरचना निर्माण गर्न पनि रोक लगाइएको छ । धरान उपमहानगर १४ मा पर्ने विजयपुर डाँडाको दुई किलोमिटरको आसपासमा पिण्डेश्वर, दन्तकाली, बुढासुव्वा, पन्चकन्यालगायत दर्जनभन्दा बढी पुरातात्विक महत्व बोकेका ऐतिहासिक मठमन्दिरहरू लहरै छन् ।


धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले विजयपुर क्षेत्रमा रहेका ती ऐतिहासिक पुरातात्विक मठ मन्दिरका मौलिकतालाई कायम राख्दै थप आकर्षक बनाएर आन्तरिक र वाह्य पर्यटक भित्राउन बनाइएको गुरुयोजना अनुसार पहिलो चरणमा पित्तलको छानो लगाउन थालिएको बताए ।


दन्तकाली मन्दिरमा यसअघि ग्रेनाइटको छानो लगाइएपनि पुरातत्वविभागले अस्वीकृत गरेपटि प्रदेश सरकारले दिएको ३० लाख रुपैया र स्थानीय उपभोक्ताबाट ३ लाख ७६ हजार रुपैया गरी ३३ लाख ७६ हजार रुपैया लागतमा दन्तकाली मन्दिरमा पित्तलको छानो लगाइएको वडाध्यक्ष भट्टराईले बताए ।


विजयपुरमा अन्य पुराना मन्दिरहरूमा बालगोपाल, विन्दबासिनी, भिमसेन, हनुमान, कृष्ण, पाथिभरा, शिव, नृसिंह, अस्टवक्र, पिण्डेश्वर पोखरी (सरस्वती सरोवर) लगायत छन् । नेपाल, भारत र वंगलादेशबाट बर्सेनि आउने धार्मिक पर्यटकहरूले विजयपुरका पिण्डेश्वर, दन्तकाली, बुढासुव्वामामा आफ्नो भाकल पुरा गर्ने गरेका छन् ।

प्रकाशित : भाद्र २३, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?