कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिया खेती विस्तार

भोजपुर — भोजपुर नगरपालिका वडा २, ५, ९, १० मा पर्ने धापखर्क टिमुरे सुन्तले क्षेत्रलाई ‘चिया जोन’ का रूपमा विस्तार गर्ने उद्देश्यले चिया खेती विस्तार गरिएको छ । नगरपालिकाले थामडाँडा टेम्के सिलिचुङ संस्थासँग सहकार्य गरी चिया खेती विस्तार गर्ने भएको छ ।

चिया खेती विस्तार

‘भोजपुरे ब्रान्ड’ का रूपमा चिया उत्पादन गरी पर्यटकको ध्यान आकर्षणका साथै स्थानीय बासिन्दाको आम्दानीको स्रोत बढाउने उद्देश्यका साथ धापखर्क टिमुरे सुन्तले क्षेत्रमा चिया खेती विस्तार गरिएको छ ।


खाली रहेका व्यक्तिगत र सामुदायिक जग्गामा चिया खेती गरी आन्तरिक आय वृद्धि गरिने भोजपुर नगरपालिकाका मेयर कैलास आलेले स्थानीयलाई बताए । तत्काल ६ रोपनी क्षेत्रफलमा १ लाख बिरुवा लगाई करिब ३ लाख लगानीमा चिया खेती सुरु गरिएको छ । स्थानीय मनोज, दुर्गा फुयाँल लगायतको करिब ६ रोपनी जग्गामा बिरुवा रोपिएको हो । आगामी दिनमा ३२ रोपनीमा फैलाउने धापर्खक टिमुरे चिया बगानका अध्यक्ष दाताराम घिमिरेले बताए ।


समस्याका बाबजुत पनि छिनामखुबाट बिरुवा ल्याएर बगान लगाउन सुरु गरेको अध्यक्ष घिमिरेले बताए । स्थानीयस्तरमा बिक्री गराउनका साथै चियालाई देश र विदेशमा बजारीकरण गर्ने कृषकहरूको उद्देश्य छ ।


टेम्के मैयुङ गाउँपालिकका चखेवा–छिनामखु, पान्धारे, रामप्रसाद राई गाउँपालिकाका ओख्रे, पामाखाम बतासे, हुर्बु हलहले, आमचोकको भस्मेचौर, हतुवागढीको दिमालुङ पूर्णेडाँडा गरी ७ वटा बगान क्षेत्रमा करिब ७ लाख चियाका बिरुवा रोपिएको छ ।

प्रकाशित : भाद्र २०, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?