कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

भारतबाट गाडीसहित नेपाल आइ डकैती गर्नेहरु पक्राउ

(विराटनगर) — मध्यराति गाडीसहित नेपाली सीमा क्षेत्रमा श्रृंखलाबद्ध डकैती गर्दै आएका ३ भारतीयसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको मधुवनी थाना बेनिपट्टिका ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता, ४४ वर्षीय मो.मोतिउर रहमान छन् ।

भारतबाट गाडीसहित नेपाल आइ डकैती गर्नेहरु पक्राउ

यसैगरी रौतहट गौर–३ पोखरियाटोलका ४१ वर्षीय मो.मोहिज धुनियाँ, ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी–४ का ५२ वर्षीय सेख मो.सलिफ र ४६ वर्षीय शेख अली असगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


प्रहरीले डकैतीमा प्रयोग भएको बीआर ३२ पीए २८३६ नम्बरको गाडी नियन्त्रणमा लिएको छ । भारतको सितामढीमा योजना बनाएर नेपालमा डकैती गर्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले विराटनगरमा डकैती गरिसकेपछि गाडी चढेर काँकडभिट्टा हुँदै भारत प्रवेशको योजना बनाएका थिए । त्यही योजनाअनुरुप भारत जाने क्रममा पूर्व–पश्चिम राजमार्गको पथरीशनिश्चरे नगरपालिकामा पुगेपछि इलाका प्रहरी कार्यालय पथरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।


प्रहरीका अनुसार उनीहरु ९ भदौको बिहान ८ बजे विराटनगर–जोगवनी नाका भएर नेपाल भूमिमा प्रवेश गरेका थिए । उनीहरुले ४ दिनको भन्सारसमेत तिरेका थिए । यो समूहले विराटनगरमा अहिलेसम्म ४ पटक डकैती गरिसकेका छन् । १० भदौ गते विराटनगर–७ स्थित माँ भवानी ईन्टरप्राईजेजबाट ६ लाख रुपैयाँ र कदमाह कृषि सहकारी संस्था लिमिटेडबाट ४ लाख ९५ हजार रुपैयाँ डकैती गरेको प्रहरीले बताएको छ। त्यसअघि २३ साउनमा विराटनगर–२ शनिहाटमा रहेको गणनायक मार्केटिङ हाउस नामक किराना पसलबाट ४ लाख तथा पञ्चकन्या ट्रेड लिंकबाट ५ लाख ९५ हजार रुपैयाँ डकैती गरेका थिए । प्रहरीका अनुसार यो समूहले २० लाख ९० हजार रुपैयाँ नगद डकैती गरेको छ ।


डकैतीको पछिल्लो घटनामा प्राप्त सीसीटीभी फुजेटबाट उनीलाई पक्राउ गरिएको हो । समूहका मुख्य नाइके भनिएका भारत मधुवनीकै मोहम्मद कलाम फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरुबाट ७ मोबाइल सेट, १२ हजार ८ सय ५० नेपाली रुपैयाँ र ११ हजार ४ सय १० भारु, स्करपिओ गाडी, १ नेपाली र ९ भारतीय सिमकार्ड, कटर मेसिन, कम्ब्याट पेन्टसहित लत्ताकपडा बरामद भएको छ ।


पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र १४, २०७६ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?