छुरा प्रहार गरी हत्या पछि विष सेवन

रासस

इनरुवा — सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको छ । स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले बताए। 

ZenTravel

घरायसी झगडाका कारण मुर्ताज मियाँले छुरा प्रहार गर्दा वहाव गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका वहावको उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी निरीक्षक पोखरेलले बताए।

Meroghar

छुरा प्रहार गर्ने मुर्ताजलेसमेत विष सेवन गरेकाले उनी पनि गम्भीर घाइते भएको र अहिले उनको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

छुरा प्रहार गरी हत्या गर्ने मुर्ताज प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको छ।

प्रकाशित : भाद्र ९, २०७६ ०९:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

२ अर्बको लगानीमा अर्गानिक खेती

कान्तिपुर संवाददाता

काठमाडौँ — गोल्यान एग्रो प्रालिले माटो ब्रान्डका अर्गानिक कृषि उपज बजारमा ल्याएको छ । प्रालिले किसानबाट सकलनगरी बजारीकरण गर्न उक्त ब्रान्डका कृषि उपज बजारमा ल्याएको हो ।

ग्रुपका अध्यक्ष पवन गोल्यानका अनुसार पहिलो चरणमा २ सय बिघामा व्यावसायिक फार्मको स्थापना गरिएको छ । जसमार्फत कृषक र उपभोक्ता दुवैलाई लाभ हुने उनले बताए ।

‘मुलुकभरबाट नै कृषिजन्य वस्तु संकलन गरी परीक्षण र ब्रान्डिङ गरेर बिक्री सुरु गरेका छौं,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा गोल्यानले भने, ‘विषादीरहित कृषि उपजले उपभोक्तालाई धेरै फाइदा हुन्छ । किसानले पनि उचित मूल्य पाउँछन् ।’ किसानलाई सहयोग गर्न माटो परीक्षण, कम्पोस्ट मल, प्रविधि सहयोग गर्दै आएको उनले बताए । हाल ग्रुपले २ अर्ब रुपैयाँको लगानीमा फार्म सञ्चालन गर्दै आएको जनाएको छ । ‘अर्गानिक उत्पादनका लागि व्यावसायिक किसान पनि जोडिएका छन्,’ उनले भने, ‘किसानले उत्पादन गरेको तरकारी सबै खरिद गर्ने ग्यारेन्टी पनिदिएका छौं ।’

प्रालिका अनुसार २ हजार किसानबाट तरकारी संकलन गरिन्छ । दैनिक ५ देखि ६ सय टन तरकारी संकलन हुने जनाएको छ । अर्गानिक ग्यारेन्टी गर्न टेस्ट मेसिन पनि उपलब्ध गराइएको जनाएको छ ।

यस्तै सरकारी प्रयोगशालामा पनि दैनिक परीक्षण भएको प्रालिको दाबी छ । माटो ब्रान्डका तरकारी उपत्यकाकाको भाटभटेनी, बिगमार्टलगायतका स्टोरमा उक्त ब्रान्डका तरकारी बिक्रीमा राखिएको छ । ‘किसानबाट खरिद मूल्य र उपभोक्त मूल्य कृषकलाई पनि जानकारी गराएका छौं,’ गोल्यानले भने, ‘तरकारीमा २० प्रतिशत मात्रै मुनाफा राखिएको छौं ।’

प्रकाशित : भाद्र ९, २०७६ ०८:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×