कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राधाकृष्ण भव्य रथयात्रा

मोरङ — विराटनगरमा शनिबार भव्य रूपमा राधाकृष्णको रथयात्रा निकालिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने चलन छ । राधाकृष्ण आरुढ खटलाई नगर परिक्रमा गराउने चलन १९८८ सालदेखि सुरु भएको हो ।

राधाकृष्ण भव्य रथयात्रा

खटयात्राबाट सुरु भएको भगवान राधाकृष्णलाई नगर परिक्रममा गराउने चलन २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो । यो रथयात्राको ८९ औं शृङ्खला हो । रथयात्रामा सहभागी हुन प्रदेश १ र २ का साथै छिमेकी भारतको विहारबाट समेत उल्लेख्य मात्रामा भक्तजन आएका थिए । रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।


कृष्णजन्माष्टमीको भोलिपल्ट झापाको विर्तामोड नगरपालिका ३ विर्ताबजारमा दधिकाध खेलमा नरिवलका लागि प्रतिस्पर्धा गर्दै युवकहरू । तस्बिर : अर्जुन राजवंशी/कान्तिपुर

कृष्ण जन्मेको खुसियालीमा 'दधिकाद’

झापा– आदिवासीहरू ‘दधिकाद’ खेल खेलेर श्रीकृष्ण जन्माअष्टमी पर्व हर्षोल्लाससाथ मनाएका छन् । भगवान् श्रीकृष्णको ‘जन्म’

भएको खुसियालीमा दधिकाद खेल्ने चलन छ । शनिबार जिल्लाका विभिन्न स्थानमा दधिकाद खेलको आयोजना गरिएको थियो । दधिकाद राजवंशी, ताजपुरिया, माझीलगायतका जातिले परापूर्वकालदेखि खेल्दै आएको खेल हो । यस खेललाई ‘बहादुर’ खेलका रूपमा समेत लिने गरिन्छ । मुलुकभर शुक्रबार श्रीकृष्ण जन्माष्टमी पर्व मनाइएको थियो ।


‘तीथिअनुसार शुक्रबार राति भगवान् श्रीकृष्णको जन्म भएको हो । भगवानको जन्म भएको खुसियालीमा भोलिपल्ट दधिकाद खेल आयोजना गरिएको हो’ बिर्ताबजारका नेभालाल राजवंशीले भने, ‘द्वापर युगामा ग्वालाहरूले कृष्ण जन्मिएको खुसीयाली दही पोखेर उत्सव गरेको सम्झनामा यो खेल मनाउने परम्परा बसेको हो ।’

प्रकाशित : भाद्र ८, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?