१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

राधाकृष्ण रथयात्रा शनिबार

मोरङ — आउँदो शनिबार विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारी तीव्र पारिएको छ । आयोजक समितिले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा रथयात्राको तयारीबारे जानकारी गराएको हो । 

राधाकृष्ण मन्दिरबाट कृष्ण जन्माष्टमीको भोलिपल्ट शनिबार राधाकृष्ण रथयात्रा निकालिने राधाकृष्ण रथयात्रा मूल समारोह समिति २०७६ का संयोजक तथा राधाकृष्ण मन्दिरका अध्यक्ष बाबुराजा ओझाले बताए । रथयात्रा ४ बजे राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पुन: मन्दिर परिसरसम्म ७ किलोमिटर दूरी ४ घण्टा ३० मिनेटमा तय गरी आइपुग्ने उनले बताए । भक्तजनका लागि रथयात्राको दर्शन र पूजा गर्न ४३ ठाउँमा विश्राम दिने व्यवस्था गरिएको छ ।


५२ औं रथयात्राको नेपाल र भारतका गरी ५ लाख बढी भक्तजनले प्रत्यक्ष अवलोकन, दर्शन र पूजापाठ गर्ने लक्ष्य लिएको समितिले जनाएको छ । ५२ औं रथयात्राको मुख्य आकर्षण रथयात्रा मार्गमा हेलिकप्टरबाट पुष्पगुच्छा बर्साइने छ । रथको अगाडि ३ किलोमिटरसम्म विभिन्न जातजाति, धर्म संस्कृति झल्किने झाँकी, भजन मण्डली र प्रदेश १ प्रहरीको सांगीतिक ब्यान्ड रहने आयोजकले जनायो । रथयात्रा व्यवस्थित बनाउनका लागि १८ वटा उपसमिति गठन गरिएका छन् ।


प्रकाशित : भाद्र ४, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?