राधाकृष्ण रथयात्रा तयारी

मोरङ — आउँदो शनिबार विराटनगरमा निस्किने राधाकृष्ण रथयात्राको तयारी तीव्र रुपमा भइरहेको छ । आयोजक समितिले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा रथयात्राको तयारी बारेमा जानकारी गराएको हो । 

राधाकृष्ण रथयात्रा तयारी

विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट कृष्णजन्माष्टमीको भोलीपल्ट शनिबार राधाकृष्ण रथयात्रा निकालिने छ । राधाकृष्ण रथयात्रा मूल समारोह समिति २०७६ का संयोजक तथा राधाकृष्ण मन्दिरका अध्यक्ष बाबुराजा ओझाले सोमबार पत्रकार सम्मेलन गरी तयारी बारे जानकारी गराए ।


५२ औं रथयात्राको शुभारम्भ प्रदेश १ का प्रमुख प्राडा गोबिन्दबहादुर तुम्बाहाङ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम रहेको अध्यक्ष ओझाले बताए ।


रथयात्रा शनिबार ४ बजे राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पूनः मन्दिर परिसरसम्म ७ किलोमिटर दूरी ४ घण्टा ३० मिनेटमा तय गरी आइपुग्ने उनले बताए ।


भक्तजनहरुको लागि रथयात्राको दर्शन र पूजा गर्न ४३ ठाउँमा विश्राम दिने व्यवस्था गरिएको छ । ५२ औं रथयात्राको नेपाल र भारतका गरी ५ लाख बढी भक्तजनले प्रत्यक्ष अवलोकन, दर्शन र पूजापाठ गर्ने लक्ष्य लिएको समितिले जनाएको छ ।

प्रकाशित : भाद्र ३, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?