कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिका बलात्कार आरोपमा युवक पक्राउ

एलिसा श्रेष्ठ

भोजपुर — भोजपुरबाट बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ टेलीयाका ३१ वर्षीय योगेन्द्र बहादुर विकलाई अरुण गाउँपालिका–७ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

विकले गएको साउन २८ गते राति जनश्रम प्राथामिक विद्यालय जरायोटारमा लगेर बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

विकले बालिकालाई विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बालिकाको जिल्ला अस्पताल भोजपुरमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका विकमाथि जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?