कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई किशोर एक महिनादेखि बेपत्ता

कान्तिपुर संवाददाता

खोटाङ — जिल्लाका दुई किशोर एक महिनादेखि बेपत्ता छन् । केपिलासगढी गाउँपालिका–१ फेदीका १४ वर्षीय अजम्बर राई र साकेला गाउँपालिका–२ रतन्छाका १४ वर्षीय जनम राई असार १६ गतेदेखि हराएका हुन् । 

घरमा केस काट्न भन्दै पैसा मागेर हिँडेका उनीहरु नफर्किएपछि प्रहरीमा निवेदन दिएको तर अहिलेसम्म फेला नपरेको अजम्बरका बुवा खड्ग राईले बताए ।


दुवै जना दिक्तेलस्थित दिक्तेल इङ्लिस बोर्डिङ स्कुलका कक्षा ६ का विद्यार्थी हुन् । यसबारेमा खोजी भइरहेको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

प्रकाशित : श्रावण २८, २०७६ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?