४० हजार नक्कली नोटसहित किशोर पक्राउ 

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईबाट बुधबार बिहान नेपाली एक हजार दरका ४० हजार नक्कली नोटसहित एक किशोर पक्राउ परेका छन् ।

प्रहरीले हजारका ४० नोटसहित १६ वर्षीय अनिल मियाँलाई नियन्त्रणमा लिएकाे हाे । सिवाई बजारको नैनादेवी चौधरी र पर्वत गुप्ताको पसलमा दैनिक उपभोग्य वस्तु खरीद गर्ने क्रममा एक हजारको नोट नक्कली जस्तो देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मियाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा घरमा राखिएको हजार दरका थप ३९ हजार रुपैया बरामद गरेको हो ।

प्रकाशित : श्रावण २२, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्

लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिने 

डिल्लीराम खतिवडा

उदयपुर — दुईसाता अघि बाढीपहिरोले क्षतिग्रस्त लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा आजदेखि हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिने भएको छ । प्रदेश १ सरकारले हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरी स्थानीयलाई राहात वितरण गर्ने लागेको हो ।

बाढीपहिरोले ग्रामीण सडक क्षतिग्रस्त भएपछि ती दुई गाउँपालिकामा ढुवानी गर्न नसक्दाँ खाद्यान्न अभाव हुँदै आएको छ। स्थानीय तहको आग्रहमा एक साताका लागि लिम्चुङबुङ र ताप्ली गाँउपालिकामा हेलिकोप्टरमार्फत खाद्यान्य ढुवानी गर्न लागिएको प्रदेश सरकारले जनाएको छ। स्थानीय तहको आग्रहमा प्रदेश सरकारले चामल, दाल, नुन र तेल लगायतका खाद्यान्न राहात ढुवानी गरी वितरण गरिने छ।

प्रदेश सरकारको आग्रहमा संघीय सरकारले ढुवानीका लागि हेलिकोप्टर उपलब्ध गराउने भएको छ। दुई गाँउपालिकालागि १५ हजार ६२ किलोग चालम, १ हजार ५ सय ५ किलोग दाल, १ हजार ५ सय ५ किलो नुन र त्यति नै परिणाममा तेल आवश्यक रहेको जिल्ला विपत व्यावस्थापन समितिले सिफारिस गरेको थियो।

संघीय सरकारले ढुवानीका लागि हेलिकोप्टरको व्यवस्था गर्ने र आवश्य खाद्यान्न प्रदेश सरकारले खरिद गरी उपलब्ध गराउने प्रदेश सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए।

प्रकाशित : श्रावण ९, २०७६ ०९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्